नोबेल मेडिकल कलेजमा रेडिएसन थेरापीसहितको क्यान्सर रोगको उपचार गर्ने प्रविधि ल्याइएको छ ।
अत्याधुनिक सुविधासहितको यो प्रविधि नेपालमै पहिलो पटक ल्याइएको हो । यस्तो किसिमको प्रविधि एसियाको छ ठाउँमा मात्रै उपलब्ध भएको अवस्थामा सांसद डा. सुनिल शर्माले आफ्नै अस्पताल बिराटनगरस्थित नोबेल मेडिकल कलेजमा पहिलो पटक सञ्चालनमा ल्याएका हुन् ।
आम नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका डा. शर्माले उत्कृष्ट प्रविधि सहित गुणस्तरीय क्यान्सर उपचारमा नयाँ आयाम स्थापित गर्दै रेडिएसन थेरापी सेवा सुरु गराएका हुन् । डा. शर्माले ३ अर्ब ४० करोड रुपैयाँ लगानी गरेर नयाँ भवन, अत्याधुनिक प्रविधि सहित दक्ष जनशक्तिको व्यवस्था गरी नेपालमै क्यान्सरको सहज उपचार सेवाको सुरुआत गरेका छन् ।
सांसद डा. शर्माले गरिब परिवारको निशुल्क स्वास्थ्य उपचारदेखि अत्याधुनिक स्वास्थ्य सामाग्रि खरिद गर्नेसम्मका काम निरन्तर रुपमा गर्दै आएका छन् । यसै क्रममा दक्षिण एशियाका असपताल मध्ये भारतको मुम्बई स्थिति कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा १, म्याक्स अस्पतालमा ३, नयाँदिल्ली स्थित मेदान्तामा २ गरी ६ स्थानमा मात्र जडान गरिएको अमेरिकामा निर्मित भेरियन कम्पनीको रेडिएसन थेरापीको ‘एज-EDGE’ नामक उपकरण नेपालको हकमा बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा मात्र उपलब्ध छ। नेपालमै पहिलो पटक नोबेल मेडिकल कलेजमा जडान भएसँगै अब आम नागरिकलाई क्यान्सर उपचारमा थप सहज हुनेछ । यस उपकरणमा रहेको ६ डी काउच, हाइपर आर्क, एचडी एम आईसी, एसआर एस, र एसबी आरटीले शल्यक्रियाविना नै क्यान्सर सेललाई निर्मूल गर्न सक्छ । आईजी आरटी, आईएम आरटी, भीएम एटी जस्ता प्रविधिले सामान्य सेललाई क्षति नगरी केवल क्यान्सर सेललाई मात्र टार्गेट गर्ने क्षमता राख्दछ । ब्राकी थेरापीले विनादुखाइ उपकरणको सहायताले शरीरभित्र पुगेर क्यान्सर सेललाई नष्ट गर्ने काम गर्दछ । यसका साथै, ४ डी आरटीसीटी नामक सिटी स्क्यान मेशिनले रेडिएसन थेरापीलाई थप प्रभावकारी बनाउँछ । नोबेलमा क्यान्सर उपचारकोलागि दैनिक ओपीडी, प्रयोगशाला परीक्षण, एक्सरे, सिटी स्क्यान, एम. आर. आई, अल्ट्रासाउण्ड, डे केयर, केमो थेरापी, शल्यक्रिया, भर्नागरी उपचार गराइने अन्तरङ्ग सेवा, रेडिएसन थेरापी लगायतका सेवा सञ्चालनमा छन् ।
नोबेल मेडिकल कलेजले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत क्यान्सर रोगीलाई उपचार सेवा प्रदान गर्दै आएको छ । यसले विशेषगरी पूर्वी नेपालका आर्थिक रूपमा कमजोर रोगीलाई राहत दिएको छ । विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गतको सेवा प्रदान गर्न नोबेलमा रहेको सामाजिक सेवा इकाईले सहजीकरण गर्ने गर्दछ ।
नोबेल मेडिकल कलेज अत्याधुनिक प्रविधिको प्रयोगबाट एसिया क्षेत्रकै अस्पतालको रुपमा स्थापित भएको छ । नोबेल मेडिकल कलेज नेपाली कांग्रेसका युवा नेता सांसद डा. सुनिल शर्माको हो । सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौं गरिब दिनदुःखीलाई सेवा प्रदान गर्दै आएका छन्। शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन्। डा शर्माले नोबेल मेडिकल कलेजमा आफ्नो निर्बाचन क्षेत्रका जनता लै जुनसुकै पार्टीका भएपनि निसुल्क क्याबिन राखिदिएका छन। साथै डा। शर्मा को काठमाडौंको सिनामगल मा स्थित काठमाडौं मेडिकल कलेजमा आर्थिक अवस्था नाजुक भएका जनता लाइ निशुल्क उपचार गर्दै आएका छन्।
निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् ।
जिल्लाका सबै भेगमा बिरामी बढेका स्थानीय अस्पतालले जनाएका छन् । सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ ।बितेका सात दिनमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेका अस्पतालतका मेडिकल सुपरिटेन्डेन्ट डा. विकासकुमार साहले बताए । चिसोले दमका बिरामी बढेका उनले बताए । उपचारार्थ आउने बिरामीमा पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथि उमेरका बढी छन् ।
बर्दिबास अस्पतालमा पनि बिरामी बढेका छन् । माघ लागेसँगै दैनिक एक सय १० देखि एक सय २५ जनासम्म बिरामी आउने गरेका बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदीपकुमार ठाकुरले जानकारी दिए । यहाँ उपचारार्थ आउनेमा महिलाको संख्या बढी रहेको डा. ठाकुरले बताए । जिल्लाका गौशाला र दक्षिवर्ती सम्सीस्थित प्राथमिक उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर साहले जानकारी दिए ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताएका छन् ।
काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले आज आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उनले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरहेको बताएका हुन् ।
“महिलामा क्यान्सर हुन नदिन सरकारले यही माघ २२ देखि देशभरका १६ लाख किशोरीमा क्यान्सरविरुद्धको खोप प्रदान गर्न लागेको छ”, स्वास्थ्यमन्त्री पौडेलले भने । उनले पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको बताए । सरकारले पक्षाघातको औषधि निःशुल्क वितरण गर्ने गरी कार्ययोजना अगाडि बढाएको पनि उनले जानकारी दिए ।
स्वास्थ्यमन्त्री पौडेलले नागरिकको योगदानमा आधारित कोष बढाएर स्वास्थ्य बिमाको रकमसमेत बढाउँदै आम नागरिकको उपचारमा खर्च गर्ने गरी सरकारले योजना बनाएको उल्लेख गरे । “हाल स्वास्थ्य बिमाको रकम रु. एक लाख रहेको छ, हामी त्यसलाई बढाएर रु. पाँच लाख बनाउने गरी योजना बनाइरहेका छौँ”, उनले भने ।
छिरिएर रहेको स्वास्थ्य रकमलाई बिमा कोषमार्फत उपचार गराउने प्रबन्ध गरिने उनको भनाइ थियो । उनले नेपालको स्वास्थ्य क्षेत्र धेरै सुधारिएको भए पनि अझै पर्याप्त नभएको उल्लेख गरे ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समाज रूपान्तरणमा जनकल्याण सामाजिक केन्द्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले समाज सेवाको क्षेत्रलाई निरन्तर अगाडि बढाउन उक्त संस्थालाई आग्रह गरे ।
टोखा नगरपालिकाले जनकल्याण सामाजिक केन्द्रलाई अगाडि बढाउन सहयोग गर्ने नगरप्रमुख अधिकारीको भनाइ थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारी, जनकल्याण सामाजिक केन्द्रका सल्लाहकार भरत ढकालले जनकल्याण सामाजिक केन्द्रले टोखाको समाज र स्वास्थ्य क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिएको बताएका थिए ।
विसं २०७० मा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले हालसम्म देशभर तीन सय ५१ पटक रक्तदान, स्वास्थ्य शिविर, आँखा शिविरलगायतका स्वास्थ्य कार्यक्रम सञ्चालन गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिए । अल नेपाल अस्पताल र दृष्टि आँखा केन्द्रको सहकार्यमा आयोजना गरिएको आजको स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी व्यक्तिलाई सेवा प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न विधामा योगदान दिएका एक दर्जनभन्दा बढी व्यक्तिलाई सम्मान गरिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सा औजार उपकरण राख्ने स्थान र जनशक्तिको सुनिश्चितता नभई उपकरण खरिदका लागि बजेटको विनियोजन गर्न नपाइने व्यवस्था गरेको छ ।
हालैको मन्त्रीस्तरीय निर्णय परिपत्रमार्फत जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्घीय अस्पताललाई सो कार्यन्वयन गर्न आग्रह गरेको हो ।
मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले खरिद मार्गदर्शन, २०८१ लागू गर्ने सम्बन्धमा गरिएको परिपत्रमा मालसामानको आपूर्ति समयमै गराई सेवा प्रवाहमा बाधा नपर्ने गरी खरिद कार्य सम्पन्न गर्नुपर्ने र बजेट नभई वा वजेटको सुनिश्चितता नभई खरिदको कार्य गर्न नपाइने बताएको हो ।
मन्त्रालय र यसका मातहत निकायबाट हुने औषधि, औजार, उपकरणको खरिद तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन खरिद मार्गदर्शन, २०८१ मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भइसकेको छ ।
मार्गनिर्देशनमा उल्लेख भएअनुसार सम्बन्धित निकायहरुले आवश्यक औषधि, स्वास्थ्य औजार उपकरण खरिद गर्नुपर्ने अस्पताल तथा प्रतिष्ठानले आवश्यकताका आधारमा मालसामानको वार्षिक आवश्यक परिमाण र लागतसमेत खुल्ने गरी पाँचवर्षे दीर्घकालीन योजना मन्त्रालयबाट स्वीकृत गराई राख्नुपर्नेछ ।
साथै स्वास्थ्य संस्थाले तालिम तथा अनुभव प्राप्त जनशक्तिलाई मात्र औजार उपकरण सञ्चालन गर्ने जिम्मेवारी प्रदान गर्नुपर्नेछ । आफ्नो कार्यालय मातहत रहेका औजार उपकरणलाई लामो समयसम्म प्रयोगविहीन बनाउने र पुनःनयाँ खरिद गर्न उद्दत हुने परिपाटीलाई निरुत्साहित पार्न सम्बन्धित शाखा तथा विभागलाई जिम्मेवार बनाउन मार्गनिर्देशनमा जोड दिइएको छ ।
त्यसैगरी, अस्पतालमा रहेका एक्स–रे, अल्ट्रासाउण्ड मेसिन, सिटीस्क्यान मेसिन, एमआरआई, प्रयोगशाला र शल्यक्रियामा प्रयोगमा हुने विशिष्टकृत औजार र उपकरण सञ्चालन गर्दा उठेको शुल्क रकमको १० प्रतिशत उपकरण मर्मतसम्भारमा छुट्याउनुपर्ने छ ।
काठमाडौं । नेपाल, नेदरल्यान्ड्स र थाइल्याण्ड सम्मिलत महिला टी ट्वेन्टी अन्तर्राष्ट्रिय त्रिदेशीय श्रृंखलामा आज (शनिबार) नेपालले थाइल्याण्डको सामना गर्दैछ । त्रिवि क्रिकेट मैदानमा खेल मध्याह्न सवा १२ बजे सुरू हुनेछ । जारी श्रृंखलामा नेपालको यो दोस्रो खेल हुनेछ ।
आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले हारेको नेपाल आज पुनरागमन गर्ने योजनामा हुनेछ । नेदरल्यान्ड्स विरुद्ध १५८ रनको लक्ष्य पछ्याएको नेपालले १३७ रन मात्र बनाउन सकेको थियो । सो खेलमा अन्डर–१९ टिमकी कप्तान तथा अलराउन्डर पूजा महतोले आक्रामक इनिङ्स खेले पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्ने सकेनन् ।
बलियो टोली थाइल्याण्डलाई पराजित गर्न आज कप्तान इन्दु बर्मा चल्नु आवश्यक छ । त्यस्तै रुविना क्षेत्री, बिन्दु रावल र सम्झना खड्काबाट टिमले राम्रो ब्याटिङ प्रदर्शनको अपेक्षा गरेको छ । सीता राना मगरको फिटनेटसमा समस्या छ ।
थाइल्याण्ड आज लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
उसले नेदरल्यान्ड्स विरुद्ध ८ विकेटको सहज जित हात पारेको थियो । नेदरल्यान्ड्सले दिएको १२३ रनको लक्ष्य उसले १८ ओभरमा केवल २ विकेट गुमाएर पूरा गरेको थियो । आईसीसी महिला टी ट्वेन्टी अन्तर्राष्ट्रिय वरीयतामा थाइल्यान्ड १६ औं र नेपाल २० औं स्थानमा छ । दुई टोलीबीच खेलिएका तीन टी ट्वेन्टी अन्तर्राष्ट्रियमा नेपालले थाइल्याण्डलाई हराउन सकेको छैन ।
आज (बिहीबार) देखि सुरु हुने त्रिकोणात्मक टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग भिड्ने भएको छ । खेल अपराह्न १२ः१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
आजदेखि सुरु भएर माघ २५ गतेसम्म सञ्चालन हुने श्रृङ्खलाका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन् । यस शृङ्खलामा नेपाल, नेदरल्याण्ड्ससँगै थाइल्याण्ड पनि छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० श्रृङ्खलाको पूर्व सन्ध्यामा बुधबार ट्रफी सार्वजनिक गरेको थियो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्याण्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्याण्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका थिए ।
कप्तान बर्माले यो शृङ्खला आफूहरूका लागि महत्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गरेकी छिन् । यस्तै, नेदरल्याण्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्याण्डकी कप्तान नारुमोल चाइवाईले पनि श्रृङ्खलाको उपाधि आफ्नो टिमले हात पार्ने दाबी गरेका छन् ।
श्रृङ्खलाका लागि नेपाली टोलीमा बर्माको कप्तानीमा रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेका छन् ।
काठमाडौँ । राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान अनु लामाले घरेलु फुटबलबाट सन्यास लिएकी छिन् ।
राष्ट्रिय टिमबाट यसअघि नै सन्यास लिइसकेका अनुले बुधबार एन्फा महिला लिगको फाइनलपछि घरेलु फुटबलबाट पनि बुट थन्क्याएकी हुन् ।
उनले नेपाली राष्ट्रिय टिमका लागि ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् । उनलाई फाइनलपछि च्याम्पियन एपीएफका खेलाडीहरूले गार्ड अफ अनर प्रदान गरेका थिए ।
बुधबारको फाइनल खेलमा लामाले इन्जुरी समयमा गोल गरेकी थिइन् ।
काठमाडौँ । यु-१९ महिला विश्वकपमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।
नेपाललाई जिताउन कप्तान पूजा महतोले फेरि एक पटक प्रेरणादायी प्रदर्शन गरिन् । उनले आज ४ विकेट लिन सफल भइन् ।
काठमाडौँ । नेपाल आईसीसी यू-१९ महिला टी-२० विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूहको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएसँगै जितविहीन रह्यो ।
नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो । कप्तान पुजा महतोले सर्वाधिक १८ रन बनाइन् ।
यस हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ । नेपाल पहिलो खेलमा बांङ्लादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघले कारबाही गरेको छ । अनुशासन उल्लंघन गरेको भन्दै उनलाई क्यानले आयोजना गर्ने एक खेलमा प्रतिबन्ध लगाउने निर्णय भएको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्बि लामाले जानकारी दिए ।
जय ट्रफीको क्रममा उनले सामाजिक सञ्जालमा रेफ्रीविरुद्ध टिप्पणी गरेपछि क्यानले कारबाही गरेको लामाले बताए । क्यानले उनलाई स्पष्टीकरण समेत सोधेको छ । क्यान र खेलाडीबीचको सम्झौतामा क्यानसँग सम्बन्धित अधिकारीहरुविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाउने व्यवस्था छ । सन्दीपले सोही कुराको उल्लंघन गरेको क्यानको निष्कर्ष छ ।
जय ट्रफीमा सन्दीपले बागमती प्रदेशको टोलीको कप्तानी गरेका थिए । उनको टोली फाइनलमा पुग्न सकेन । नेपाल पुलिस क्लबले आर्मी क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो । सन्दीपले जनवरी १० मा सामाजिक सञ्जालमा नेपाली अम्पायरको स्तरमा सुधार हुनुपर्ने उल्लेख गर्दै अम्पायरको निर्णय राम्रो नभए धेरै खेलाडीहरूलाई असर पुग्ने बताएका थिए ।