२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार
 
 

नेपाली क्रिकेटर सन्दीप लामिछानेले सन्यास लिने संकेत गरेका छन् । नेपाली क्रिकेट टिमका लेग स्पिनर समेत रहेका लामिछानेले सामाजिक सञ्जालमा राखेको एक भावुक पोस्टपछि फ्यानहरू त्यस्तो अड्कल गरिरहेका छन्।

शनिबार राति सबैलाई धन्यवाद दिँदै उनले लेखेको पोस्टमार्फत ‘यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैं मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै। तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ’, भनेर लेखेका छन् ।

यसअघि एक किशोरीसँग नाम जोडिएपछि सन्दीप केही समय खेल क्षेत्रबाट टाढा रहनु परेको थियो । तर पछि पाटन उच्च अदालतले सफाइ दिएसँगै उनी पुनः नेपाली क्रिकेटमा फर्केका हुन् । भर्खरै सकिएको एनपीएल कपमा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्न असफल भए । जय ट्रफीमा भने उनको प्रदर्शन औसल रहयो ।

 
 

गायिका एलिना चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी छन् । आज (शुक्रबार) जिल्ला अदालत काठमाडौंमा चौहानले वारेसमार्फत मुद्दा दायर गराएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन् ।

‘मानाचामल र अंश हकदाबी छाडेर सम्बन्धविच्छेद गरी पाऊँ भनेर आज फिरादपत्र दर्ता भएको छ,’ उनले भने । झापाकी एलिना र बागलुङका विष्णुले गत वैशाखमा विवाह गरेका थिए । एलिनाका पति अहिले अस्ट्रेलिया बस्छन् । विवाहपछि अस्ट्रेलिया गएकी एलिना दशैंअघि नेपाल फर्किएकी थिइन् । त्यसयता उनी रेकर्डिङ र मेला–महोत्सवमा व्यस्त छिन् ।

पतिले अनेक शंका–उपशंका गरेको र चरित्रमाथि नै प्रश्न उठाएको उनको आरोप छ । उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई यही २०८१ वैशाख ५ गते विवाहमा परिणत गरेका थिए । ​केही समयअघिदेखि यी दुईबीच सम्बन्ध सुमधुर नरहेको चर्चा चलिरहेको थियो ।

काठमाडौँ- गायिका रचना रिमालले आफ्नो अफिसियल लोगो सार्वजनिक गरेकी छन्।

रिमालले अर्घाखाँची महोत्सवको मञ्चबाट लोगो सार्वजनिक गरेकी थिइन् भने त्यसपछि सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तक र फ्यानलाई लोगोबारे जानकारी दिएकी छिन्।

सार्वजनिक लोगो रचनाको अंग्रेजी नामको अघिल्लो अक्षर, संगीत र सर्वोच्च शिखर सगरमाथा झल्कने गरि डिजाइन गरिएको छ।

उनले आफ्ना शुभचिन्तकको माया र आशिर्वादका लागि पनि धन्यवाद दिएकी छिन्।

कलाकारले आफ्नो ब्राण्ड पहिचानलाई कायम राख्न लोगो सिर्जना गर्ने विश्वब्यापी अभ्यास छ। सोहि अभ्यासलाई रचनाले पनि पछ्याएकी छिन्। 

 

गायिका समिक्षा अधिकारी श्री एयरलाइन्ससँग आक्रोशित बनेकी छन्।

विमानस्थल खुलेर अन्य एयरले उडान गर्दा पनि विहान ८ बजेको श्री एयरले २ बजेसम्म पनि नउडाएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका अधिकारी आक्रोशित भएकी हुन्। 

यहि विमानका कारण आफूले केही दिनअघि नेपालगञ्जको कार्यक्रम समेत गुमाएको उनले स्मरण गरेकी छन्।

गायिका अधिकारी लेख्छिन्,‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ।’ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उनले जानकारी दिएकी छन्। 

‘अन्य एयरलायन्सले धमाधम प्लेन उडाईरहेका छन्।  केही दिनअघि पनि मैले यहि एयरलायन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको थियो। आज पनि म बिहानैदेखी काठमाडौं एयरपोर्टमै छु’ अधिकारी लेख्छिन्,‘श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होईन। यस्तो घटना कि त अन्य एयरलाइन्ससँग कमिसन खाने कर्मचारीले घटाउछन्, कि त यो एयरलायन्स काम छैन।’
https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fsamikshya.adhikari.5209%2Fposts%2Fpfbid036xvitpSoe5MaCMeaPh6rnvUnCrDex7wYsaDS9mJXtmdwuH8VJR4evYNqZPQcm89Ml&show_text=true&width=500  

मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् ।

ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कसेकी हुन् । शुक्रबार काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा उनीहरूको विवाह भएको हो ।

विवाह समारोहमा दुई परिवारका आफन्तसँगै नजिकका केही साथीभाइको उपस्थिति थियो ।

गायिका मेलिना राईले ‘इन्गेजमेन्ट’ गरेकी छिन् ।

उनले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्वीर र भिडिओहरू सार्वजनिक भएका छन् । इलामको माईजोगमाई गाउँपालिका–१ का डा. ध्रुव गुरुङसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । गुरुङ पेसाले चिकित्सक हुन् ।

भोलि पारिवारिक जमघटका बीच विवाह हुने स्रोतले जनाएको छ । सामाजिक सञ्जालमा इन्गेजमेन्ट गरेको भिडियो तथा तस्बिरहरू हाल्दै उनका शुभचिन्तकहरूले शुभकामना दिइरहेका छन् ।

 
 

एक समय ‘भाइरल’ बाल गायक परियारको निधन भएको छ । उनको आज बिहान १० बजे निधन भएको स्रोतले जानकारी दिएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । गायक सचिन परियारको १३ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि एक साताअघि सचिनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा आज बिहान करिब १० बजे उनी बितेका हुन् । उनको निधन भएको पारिवारिक स्रोत र अस्पताल स्रोतले पुष्टि गरेको छ । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । सचिनका बाबु तेजेन्द्र परियारले छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । सचिनको शव अस्पतालबाट निकालिएको छैन । बाबु र परिवारका सदस्यहरु अस्पतालमा छन् ।

सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हाँस्य श्रृखला ‘मेरी बास्सै’ मा पनि अभिनय गरेका थिए । ‘रातो रबर एक’, ‘रुमाल खस्छ की’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत उनले गाएका प्रमुख गीत हुन् । मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिक रूपमा कमजोर थिए ।

पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे । सचिनको उपचारका लागि ठूलो सहयोग रकम पनि संकलन भएको थियो । तर उनका बुबा तेजेन्द्र परियारले संकलित रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले शुक्रबार ३८ सिनेमा घरमा ५१ दिनको सेलिब्रेसन गर्ने भएको छ।

कात्तिक १५ गते रिलिज भएको यो फिल्म दक्षिण भारतीय स्टार अल्लु अर्जुनको ‘पुष्पा २’सँग पनि भिडिरहेको छ।

यो अवधिमा आक्रामक व्यापार गरेको फिल्मले ग्रस कलेक्शन पनि ५० करोड बनाएको बताइन्छ।

वितरक मनोज राठीका अनुसार ‘पूर्ण बहादुरको सारङ्गी’ले ३८ वटा सिनेमा हलमा ५१ दिन मनाउन लागेको हो। सबैभन्दा धेरै हलमा ५१ औं दिन मनाउने फिल्मको रेकर्ड पनि ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ ।

‘कबड्डी–४’ले साढे २३ करोड कलेक्सन गरेर बनाएको रेकर्ड यो फिल्मले ब्रेक गर्दै हालसम्मको सर्वाधिक ग्रसकलेक्सन गर्ने बनेको हो।

सरोज पौडेलको निर्देशन रहेको फिल्ममा विजय बराल मुख्य भूमिकामा छन्। विजयसँगै मुकुन भुसाल, बुद्धि तामाङ, प्रकाश सपूत, अञ्जना बराइलीलगायत कलाकारको अभिनय छ।

यो फिल्मले बलिउडका ठूला ‘सिंघम रिटर्नस’, ‘भूलभूलैया ३’ जस्तालाई नेपाली सिनेमा घरमा लामो समयसम्म टिक्न दिएन। यो फिल्म एकै दिन देशभरी सबैभन्दा बढी शो पाउने पनि पहिलो हो।

तामाङ समुदायले आज (बिहीबार) सोनाम ल्होसार पर्व मनाउँदै छन् । यो पर्वका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ ।

तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम हुँदैछन् ।

‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने गर्छ । सोनाम ल्होसार तामाङ समुदायको मौलिक पर्व हो। डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत वेशभूषा तथा विशेष परिकार यो पर्वको विशेषता हुन् ।

यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्दै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गरेर मनाउँछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।

 
 

काठमाडौँ । सगरमाथा क्षेत्र प्रवेश गर्ने सडकमा खुम्बु पासाङल्हामु गाउँपालिकाले चर्को सेवा शुल्क तोकेको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै सडक मर्मत सम्भार शुल्कबापत प्रतिसिट प्रतिपटक ५० रुपैयाँ शुल्क स्थानीय तहलाई बुझाउनुपर्ने भएको छ ।

४० सिटे गाडी उक्त गाउँपालिका प्रवेश गर्न खोज्यो भने हरेक पटक २ हजार रुपैयाँ सेवा शुल्क स्थानीय तहमा बुझाउनुपर्ने भएको छ ।

उता, सडक मर्मत सम्भार शुल्क (ढुवानी साधन) का हकमा प्रतिक्विन्टल प्रतिपटक १० रुपैयाँ सेवा शुल्क राखिएको छ । गाउँपालिकाले वडा नम्बर १ खरिखोलास्थित नगर प्रहरी पोस्टमा यो शुल्क बुझाउन समेत भनेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।