२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

महोत्तरीको मटिहानी नगरपालिका– ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ। यस बस्तीका दलित मुसहर परिवारले शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन्।

स्थानीय ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घरपरिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय रहेको छैन। यहाँका सबैले खुला स्थानमै शौच गर्दै आएका छन्। यही बस्तीका २२ वर्षीय शोभेन्द्र सदाका अनुसार वृद्धवृद्धा, वयस्क महिला, पुरुष तथा बालबालिका सबै गरेर ३७० जनाको जनसंख्या रहेको छ। यहाँ बसोबास गर्ने सबैजना सधैँदेखि गाउँको खेतबारी र बाटोको छेउछाउमै दिसापिसाब गर्दै आएका छन् र अहिले पनि त्यही स्थानमा गएर शौच गर्दै आएका छन्।

बस्तीकै ५० वर्षीय शंकर सदाले आफूहरूसँग शौचालय बनाउने कुनै उपाय (आर्थिक अवस्था) नरहेको कारण बाबुबाजे पालादेखि नै सपरिवार खुला स्थानमै शौच गर्दै आएको बताए। स्थानीय ६० वर्षीया महिला बासो सदाले आफूहरू सधैँ गाँस, वास र कपासकै अभाव रहने गरेकाले शौचालय निर्माण गर्नु धेरै ठुलो कुरा भएको बताए। यस बस्तीका बासिन्दाले दुई छाक राम्ररी खान नपाएको अवस्थामा कहाँबाट शौचालय निर्माण गर्नु भन्दै उनले प्रतिप्रश्न गरे।

सोही ठाउँकी अर्की महिला ४५ वर्षीया रानी सदाले बस्ने घरकै लागि पर्याप्त ठाउँ नरहेको अवस्थामा शौचालय कहाँ निर्माण गर्नु र गर्न चाहे पनि आफूहरूसँग आर्थिक सामर्थ्य नरहेको भन्दै शौचालय निर्माण गर्न नसकेको बताए।

शौचालयको अभाव भोगिरहेको त्यस बस्तीकी स्थानीय ६० वर्षीया महिला सुनैनादेवी सदाले अरूको खेतबारीमा गएर शौच गर्दा गाली गर्ने, कुटपिट गर्ने, सर्प, बिच्छी र अन्य जनावरको डर हुने गरेको दुखेसो गरे। उनका अनुसार ठुला पुरुष र महिलाले त ठाउँ र समय हेरेर लुकेर कुनै स्थानमा शौच गरिहाल्छन्, तर ससाना बालबालिका दिनभरि अरूकै खेतबारी र बाटोघाटौमै शौच गरिदिँदा अरूहरूले गाली गर्ने, लखेट्ने र कुनैकुनै वेला पिटाइ खानुपर्ने हुन्छ।

खर, पात, बाँस र बेतबाट बनाइएको घरबारभित्र जाडोले कठ्याङ्ग्रिँदै बसिरहेका मुसहर बस्तीमा अन्न, लुगाफाटो र रोजगारीको चरम अभाव देखिएको छ भने शिक्षा र स्वास्थ्यजस्ता कुराले त उनीहरूलाई टाढाटाढासम्म छोएको देखिँदैन।

चारैतिरै सबै कुराको अभावै अभाव र जोखिमपूर्ण जीवन बाँचिरहेका मुसहरहरूको आफू बस्ने घरबाहेक अरू जग्गाजमिन नरहेको, खेतबारी नरहेको र सो स्थानमा सार्वजनिक जग्गासमेत नरहेको कारण उनीहरूका लागि सार्वजनिक शौचालयसमेत निर्माण गर्न नसकिएको वडाध्यक्ष अब्दुल गफार राइनले बताए।

वडाध्यक्ष राइनका अनुसार त्यस बस्तीका ७५ घर परिवारमध्ये सबैजनाको एकनासको बस्ने जग्गासमेत छैन। कसैको दुई धुर, कसैको चार धुर र कसैको एक धुर नै जग्गा रहेको कारण त्यस बस्तीमा कुनै विकासको कार्यक्रम सञ्चालन गर्न सकिएको छैन।

वडाध्यक्ष राइनले शिक्षा, स्वास्थ्य र रोजगारीको सूचकांकमा मटिहानी नगरपालिकामै सबैभन्दा पछाडि रहेको वडा नम्बर ४ मझौरास्थित यस बस्तीमा व्यक्तिगत जग्गाको समस्या रहनुको साथै शौचालयको निर्माण गर्न सार्वजनिक स्थानको पनि अभाव मुख्य समस्या रहेको बताए।

यता देश नै खुला दिसामुक्त घोषणा भइसकेको अवस्थामा धार्मिक एवं सांस्कृतिक नगरी मटिहानीको मझौरा गाउँको मुसहर बस्ती शौचालयविहीन हुनु र त्यहाँका नागरिक अझै पनि खुला आकाशमुनि नै शौच गरिरहेको कुरा आफैँमा लज्जास्पद एवं दुःखद भएको सरसफाइविज्ञ उमाशंकर यादवले बताए।

मटिहानी नगरपालिका देशकै सबैभन्दा पुरानो गुठी लक्ष्मीनारायण मठ भएको र ३५० वर्षभन्दा पनि पुरानो, बालागुरु षडानन्द पढेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ अझै सञ्चालनमा रहेको स्थान हो।

मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ ।

प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शिघ्रसमेत हुने जनाएको छ । बिजुली कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

 
 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धेरै आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। तर केही काम रोकिनाले उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ। समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च हुन सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। चिनजानका माध्यमले पनि विशेष फाइदा दिलाउन सक्छ। कृषि तथा व्यापारमा पनि मनग्य लाभ लिने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्नेछ। शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा आँटेकाे काम बन्न सक्छ। फाइदा कमै भए पनि तारिफयोग्य काम थालनी गर्न सकिनेछ। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। जीवनस्तरमा परिवर्तन ल्याउन निकै मिहिनेत गर्नुपर्ला। भविष्यका लागि जग बसाउन सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। तर, गोपनीयतामा ध्यान पुर्याउनुहोला। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारतर्फ आर्थिक लाभ हुने समय छ। नयाँ योजना शुभारम्भ गर्ने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कुनै परिस्थितिसँग सम्झौता गर्नुपर्दा काममा उल्झन आउन सक्छ। अध्ययनमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। मिहिनेतले उपलब्धिका साथ सम्मानित स्थान दिलाउन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा वचन दिने बानीले पनि दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर छ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने पहिलेको स्थितिमा सुधार आउनेछ। अर्थ उपार्जनका स्रोत पनि फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्नेछ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। नयाँ साथीभाइ भेटिनेछन्। मित्रता र प्रेमको बन्धन कसिलाे हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। बेलैमा होस नपुग्नाले चुनौतीसमेत आइलाग्न सक्छ। शुभचिन्तकहरू समेत टाढा हुने समय छ। धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। समय दिन नसक्दा नियमित काममा बाधा हुनेछ।

 
 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा लाभ हुनेछ भने कार्यक्षेत्रमा गरेको कार्यबाट जस पाउनुहुनेछ। सामाजिक सञ्जालमा कार्यरत व्यक्तिहरूलाई विशेष लाभ रहनेछ। गृहणीहरूको गृह सजावटमा समय बित्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा नयाँ कामहरू हात लागि पर्नेछन्। मठमन्दिर र देवस्थानमा यात्रा हुन सक्ला। धर्ममा मन लाग्नेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। लागिरहेको रोग बढ्नेछ। वैदेशिक रोजगारबाट लाभ मिल्ने सम्भावना रहेको छ। व्यापार व्यवसायमा थप लगानी गर्न धैर्य राख्नुहोस्। वाहन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साझेदारी व्यापारमा मनग्य लाभ कमाइनेछ। पायकपर्ने ठाउँको यात्रा हुनसक्ला। जीवन साथीको सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिहरूको सहायताले आँटिलो कार्य पूर्ण गर्न सकिएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सहकारी तथा वित्तीय लेनदेनमा असफलता हात लाग्नेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। कार्यक्षेत्रमा अर्काको देखासिकी गर्दा हानि हुनसक्ने योग छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सन्तानको पठनपाठनलाई लिएर चिन्ता रहनेछ। पूरा गर्न नसकिने वाचा नगरौं। प्रेम सम्बन्ध सुमधुर रहने छ। चिकित्साको क्षेत्रमा सम्मान मिल्नेछ। राजनीतिमा ब‍ोलिको विशेष ध्यान राख्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ भने स्वादिष्ट भोजन पाइनेछ। कार्यक्षेत्रमा रोकिएका कामहरू बन्नेछन्। विश्वासपात्र मित्रबाट धोखा मिल्न सक्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पराक्रममा वृद्धि हुनेछ। आटेको कार्यमा सफलता हात लाग्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ साथै आर्थिक पक्ष मजबुत रहनेछ। कार्यक्षेत्रमा लगनशीलताले कीर्तिमान दिलाउन सक्ला। आजको शुभ रंग केसरी हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साहस र पराक्रममा वृद्धि हुनेछ। नोकरी वा पेशामा वेतन वृद्धि हुन सक्ला। कार्यक्षेत्रमा धेरै व्यस्तताको कारणले जीवन साथीसंग मनमुटाव हुन सक्ला। आर्थिक कारोबारमा लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा लाभ रहनेछ। घरपरिवारको मनमुटाव सुल्झिनेछ। स्वादिष्ट भोजनको साथै नयाँ पहिरन पनि मिल्ने योग छ। आफन्तको जमघटले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी वा पेशामा मनोबल बढ्नेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। प्रेम सम्बन्धमा छोटो मिठो यात्रा रहन सक्ला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा सकरात्मक रहने प्रयास गर्नुहोस्। व्यवसायमा इच्छाको विपरीत काम गर्नुपर्ला। नोकरी वा पेशामा मित्रको सहयोग मिल्नेछ। विद्यार्थीहरूलाई वैदेशिक शिक्षाको लागि सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

 
 

कर्णाली प्रदेशका गरिब तथा विपन्न घरपरिवारका लागि सहुलियतमा ढुवानी हुँदै आएको नुन सुगमको ठाउँ सुर्खेतमा खपत हुने गरेको छ ।

सरकारले दुर्गमका बासिन्दाका लागि साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत अनुदानमा ढुवानी गर्दै आएको नुनका प्याकेट पहुँचवालाले सुर्खेतमा लिन थालेका छन् । कालीकोटका स्थानीय बासिन्दाले नुन लिन आउँदा नागरिकता देखाउनुपर्ने बाध्यता रहेको छ तर पहुँचवालाले बोराका बोरा गोदामबाट ल्याएर सुर्खेततर्फ पठाउने गरेको पाइएको छ । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाबाट आयोडिनयुक्त नुन सुर्खेततर्फ निर्यात भएको घटना सार्वजनिक भएसँगै यो कुराप्रति सबैले चासो दिन थालेका छन् ।

बडीमालिका माध्यमिक विद्यालयमा खेल शिक्षक जीवनबहादुर शाहीले सरकारले दुर्गम क्षेत्रका बासिन्दाका लागि दिँदै आएको नुन कालीकोटबाट सुर्खेतमा ढुवानी भएको आफूले प्रत्यक्ष देखेको बताए । उनले कालीकोटबाट सहुलियतको नुन बोकेर सुर्खेत जाँदै गरेको बोलेरो जिपमा बोराका बोरा नुन राखेर लैजाँदै गरेको देखेपछि सोधीखोजी गर्दा स्थानीय जनप्रतिनिधिको सुर्खेतस्थित घरमा प्रयोग गर्न लिन लागेको खुलेको बताए । शाहीले गुनासो पोख्दै भने, “हामीले एक प्याकेट नुन माग्दा नागरिकता खोजिन्छ, तर नगरपालिकाका पदाधिकारीले बोराका हिसाबले नुन खरिद गरेर सुर्खेत पठाउने सुविधा पनि यहाँ रहेको भन्ने थाहा भयो । पहुँच भएपछि जे गर्न पनि छुट रहेछ ।”

सरकारले दिँदै आएको नुन कालीकोटमा प्रतिप्याकेट नौ रुपियाँ पर्छ । सुर्खेतमा किन्नु परेमा एक प्याकेटको ३० रुपियाँ पर्छ । रास्कोटका महेश न्यौपानेले सामाजिक सञ्जालमा नुन सुर्खेत ढुवानी भइरहेको सूचना आफूले पनि पाएको भन्दै प्रतिप्याकेटबाट २० रुपियाँ फाइदा हुने भएकाले पहुँचवालाले नै यसरी नुन पठाएको हुनुपर्ने बताए ।

नगरप्रमुख धर्मराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमलगायतका जनप्रतिनिधि र कर्मचारीको बसोबास सुर्खेत भएकाले रास्कोटका बासिन्दालाई आएको नुन सुर्खेत जाने गरेको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका छन् ।

रास्कोट नगरपालिका–५ का मेघराज शाहीले स्थानीय बासिन्दाले एक प्याकेट नुनका लागि दिनभरि डिपो कुर्नुपर्ने तर पहुँच भएकाले बोराका बोरा नुन सप्लाई गर्न सक्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।

रास्कोटमा नुन विरतण गर्दै आएको मान्म डिपोका प्रमुख डम्बर बुढाले कालीकोटबाट सहुलियतको नुन सुर्खेत पुग्ने कुरा सरकारी तहबाटै समस्या भएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

 
 

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक रूपले अधिकार सम्पन्न भए पनि आर्थिक रूपले पनि सबल हुनु आवश्यक रहेको बताएका छन्। शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशन बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री एवं काँग्रेस सभापति देउवाले यस्तो बताएका हुन्।

उनले विगतमा स्थिर सरकार हुन नसक्दा देशको राजनीतिक (आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेकाले काँग्रेस र एमाले मिलेर सरकार बनाउनु परेको बताए। देउवाले एमाले र काँग्रेसबीचको सात बुँदे सहमति कार्यान्वयनमा नेपाली काँग्रेस दृढ रहेको बताउँदै यो सहमति कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरे। मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न,देशको अर्थतन्त्रलाई चलायमान बनाउन र समृद्धि प्राप्त गर्ने यो सरकारको मुख्य उद्देश्य रहेको उनको भनाइ छ। देउवाले भने, ‘विगतमा स्थिर सरकार हुन नसक्दा देशको राजनीतिक र आर्थिक क्षेत्र नकारात्मक प्रभाव परेकाले यो सरकार गठन भएको हो। सरकारको उद्देश्य मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न,देशको अर्थतन्त्रलाई चलायमान बनाउन र समृद्धि प्राप्त गर्ने नै हो।’

उनले सबै विधेयकहरू संसदबाट पारित हुने विश्वास व्यक्त गरे। सरकारले यो अवधिमा गरेका कामहरू महत्त्वपूर्ण रहेको बताउँदै उनले आगामी दिनमा पनि परिणाममुखी काम हुनेमा विश्वास व्यक्त गरे। 

देशको आर्थिक अवस्था सुदृढ हुन नसकेको बताउँदै उनले आर्थिक अवस्था उकास्न जरुरी रहेको बताए। भने, ‘परिणामस्वरूप विकास र समृद्धिका यात्रा जनताको चाहनाअनुसार अघि बढ्न सकेको छैन। यसका कारण आर्थिक अवस्था उकास्न जरुरी छ।’

सरकारले व्यवसायीक वातावरण प्रवर्द्धन गर्नका लागि ध्यादेशबाट केही कानुन ल्याएको र यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउनेमा उनले विश्वास व्यक्त गरे।

 
 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नभएका बेला राष्ट्रिय प्राप्तिमा ढिला हुने भएकाले अध्यादेश ल्याउनुपरेको बताएका छन् ।  शुक्रवार सुरु भएको संसद्को अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपय समयमा राजनीतिक लाभ हानीको लेखाजोखा गरी संसद् प्रक्रियाको बन्दी बन्दा जनताका समस्या ओझेलमा पर्ने पनि बताए ।

उनले संसद्लाई छलेर किन अध्यादेश ल्याएको भनेर सोध्ने गरेको भन्दै संसद् नचलेका बेला नै अध्यादेश ल्याउने समय भएको बताए ।  ‘अध्यादेश ल्याउने भनेको संसद् नचलेको बेलैमा हो’, प्रधानमन्त्रीको प्रस्टीकरण छ ।

उनले तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न ११, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा सम्बन्धी १२,  भूमि तथा वन सम्बन्धी ३, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, निजीकरण ऐन र सहकारी ऐन गरी २९ वटा ऐनमा अध्यादेश मार्फत संशोधन गरिएको बताए ।

‘अध्यादेश मार्फत एकै पटक यी कानुन संशोधन गरिएपछि, मिडियाकै शब्द सापटी लिएर भन्छु– सुशासन र व्यावसायिक वातावरण निर्माणमा ‘देशले अभूतपूर्व सुधारको थालनी’ गरेको छ । यसबाट अब सरकारी कार्यालयमा फाइल घुमाएर सेवाग्राहीका काम अड्काउने प्रवृत्ति रोकिने छ’, प्रधानमन्त्रीको दाबी छ । उनले  कानुनमा तोकिएको अवधि बाहेकका सबै काम ७ दिन भित्र सक्नै पर्ने कानुनी व्यवस्था गरिएको बताए ।

नेपाली सूचना प्रविधिमा आधारित कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाइएको छ । अब हाम्रा नेपाली कम्पनीहरूलाई विदेशमा सहायक कम्पनी तथा शाखा खोल्न, कारोबार गर्न र विदेशमा भएको आम्दानी नेपाल भित्र्याउन सक्ने वातावरण बनाइएको प्रधानमन्त्रीले सदनलाई जानकारी दिए ।

उपभोक्ता हित संरक्षणसम्बन्धी आपसमा बाझिएका कानुनमध्ये अप्रासङ्गिक कानुन खारेज गरिएको,प्रतिस्पर्धाको माध्यमबाट वस्तुको मूल्य निर्धारण हुने व्यवस्था गरी एकातिर उद्यमी व्यवसायीलाई अनावश्यक तर्साउने अवस्था हटाइएको र अर्कातिर उपभोक्ता हित संरक्षणलाई अझै मजबुत बनाइएको पनि प्रधानमन्त्रीले बताए ।

‘उद्योग दर्ताका लागि निवेदन दिएको १५ दिन भित्र सरकारी अधिकारीले निर्णय दिनुपर्ने र यो अवधिमा निर्णय नदिए स्वतः उद्योग सञ्चालनको मान्यता दिने व्यवस्था गरिएको छ ’ प्रधानमन्त्रीले भने– ‘उद्यमीले कम्पनी खोल्न पाउने तर टाट फर्किँदा समेत बन्द गर्न अनावश्यक ‘झन्झट’मा फस्नुपर्ने अवस्था सदाको लागि अन्त्य गरिएको छ । ’

सहकारी ठगी सम्बन्धी संसदीय समितिको प्रतिवेदनले औँल्याए अनुरूप बचतकर्ताको बचत सुरक्षा गर्न तत्काल आवश्यक राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने लगायतका तत्काल गर्नुपर्ने कामका लागि विद्यमान सहकारी ऐनमा संशोधन गरिएको भन्दै प्रधानमन्त्रीले अध्यादेशबाट प्राप्त हुने उपलब्धिको सूचि लामो भएको बताए ।

‘यसका विशेषताका बारेमा व्यापक सामाजिक बहस भइसकेको छ । यसप्रति माननीयज्यूहरू जानकार नै हुनुहुन्छ’, प्रधानमन्त्रीको भनाइ छ ।

 
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् ।

सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो । अहिले रास्वपा सांसदहरू बैठक हलबाट बाहिर निस्किएका छन् । प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो बैठकको सुरुमा नै राष्ट्रिय स्वतन्त्र पार्टीले अवरोध गरेको हो । रास्वपाले आफ्ना विषय राख्नुपर्ने भन्दै समय मागेर सिटबाट उठेर अवरोध गरेको थियो ।

सभामुख देवराज घिमिरेले रास्वपाका सांसदहरूलाई बस्न र सभाको कारबाही अगाडि बढ्न दिन आदेश गरेका थिए । तर, रास्वपाका सांसदहरूले भने आकस्मिक समयमा कुरा राख्नुपर्ने भएकाले समय माग गरेका थिए । रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले ’बोल्न पाऔं’ भनेर समय माग गरेका थिए । सांसद सोबिता गौतमले भनिन्, ’ हाम्रा केही विषय छन्, विनम्रतापूर्वक विषय राख्न चाहन्छौं । समय चाहियो ।’ रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग दोहोरो संवाद गर्न नचाहेको र समय उपलब्ध हुनुपर्ने माग गरेका थिए ।

 
 

काठमाडौं । संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमै विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेको छ । आज (शुक्रबार) देखि सुरु भएको बैठकको सुरुमै रास्वपा सांसदहरू उठेर विरोध जनाएका हुन् ।

सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न लाग्दा रास्वपा सांसदहरूले उठेर विरोध जनाएका हुन्। उनीहरूलाई सभामुखले पटक पटक आसन ग्रहण गरी कार्यसूची अघि बढ्न आग्रह गरे । पहिलो दिनको बैठकमा दलीय आधारमा धारणा राख्ने प्रबन्ध गरिएको भन्दै त्यमी क्रममा आफ्नो विषय राख्न भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरे ।राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा आकस्मिक समय माग गरेको छ । सभामुखले बैठक सुरु भएको जानकारीसहित राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने तयारी गरेसँगै रास्वपाका सांसदहरूले उठेर आकस्मिक समयको माग गरेका हुन् ।

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन् । संसद सचिवालय पुगेका लामिछानेले सभामुख घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका हुन्।

उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गरेको सभापति लामिछानेको सचिवालयले जनाएको छ।सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो।

राजनीतिक प्रतिशोध राखेर सांसद पद निलम्बन गरेको भन्दै रास्वपाले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विरोध जनाउने यसअघि नै निर्णय गरिसकेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।