२०८२ फाल्गुन २० बुधबार
२०८२ फाल्गुन २० बुधबार
 
 

प्रेम सुनार, गुल्मी : बिहीबार बिहान कुलोको विवादलाई लिएर बसेको छलफलमा गुल्मीको अर्जै गाउँका दुई जना व्यक्तिले वडाध्यक्षकै सामु भाई बुहारीलाई कुटपिट गरेका छन्। जिल्लाको मालिका गाउँपालिका-६, अर्जैका रामप्रसाद अर्याल र नेत्रप्रसाद अर्यालले भाई बुहारी युवाकला अर्याललाई कुटपिट गरेका हुन्।

बारीलाई खेत बनाएका बुहारी युवाकला र उनका छोरा लिलाराम अर्यालाई कुलाको सिञ्चाई गर्नबाट बञ्चित गरे पछि लिलारामले पाँच दिन अघि वडा नम्वर ६ को वडा कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा आज दुबै पक्षलाई बोलाएर छलफल गर्ने क्रममा एक्कासी हातपात सुरु भएको र त्यस क्रममा महिला युवाकला अर्याल भुँईमा लडेको आफुले देखेको वडाध्यक्ष दिपक भण्डारीले जानकारी दिए । उनले हातपात मै उत्रिएपछि त्यस्तो बेलामा छलफल नै गर्न नसकिने अवस्था आएको बताए ।

युवाकलाका श्रीमान तारापति अर्याल बैदेशिक रोजगारका लागि दुबइमा रहेका छन् । घरमा एक्लो परिवारलाई पटक पटक हेप्दै र कुटपिटको प्रयास गर्दै आईरहेको बेला आज निर्घात कुटाई खाएर आफू केहिबेर बेहोस् भई ढलेको युवाकलाले बताइन् ।

कुटाइबाट युवाकलाको दायाँ चण्डी सुनिएको छ । गुल्मी अस्पतालमा घा–चेक गराउन आएकी उनलाई टाउकोमा असर परेको हुन सक्ने भन्दै डाक्टरले सिटी स्क्यानका लागि पाल्पा वा बुटवल जान सुझाव दिएको युवाकलाले बताईन । युवाकला र उनका छोराले जिल्ला प्रहरी कार्यालय गुल्मीमा कुटपिट बिरुद्धको उजुरी दिएको र भोली दुबै पक्षलाई बोलाइएको जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहलले बताए ।

कुटपिटमा संलग्न भनिएका रामप्रसाद संग आज विहान पनि पटकपटक फोनमा प्रतिकृया माग्न खोज्दा प्रतिकृया दिन मानेन । अहिले फोनमा प्रतिकृया लिन खोज्दा पनि उनले आफु अन्यायमा परेको भन्दै प्रतिकृया दिन मानेन । श्रोतका अनुसार अर्जै गाउँमा झै–झगडा र कुटपिट घटनामा यस अघि पनि रामप्रसाद संलग्न थिए । गाउँमा उनिसंग धेरै जसो मानिस बोल्न रुचाउँदैनन्।

बिहान भएको कुटपिट घटनामा रामप्रसाद लगायतका आक्रमक पुरुषहरुले पत्रकार बोलाए रक्तपात समेत हुने धम्की दिएका थिए । रामप्रसादले युवाकला आफ्नो खेतमा सिंचाई गरेको भन्दै ठूला–ठूला ढुङ्गा फालेर हुर्किदै गरेको धान खेती नष्ट गरि दिएपछि उनिहरु वडा कार्यालयमा न्याय माग्न गएका थिए।

प्रदेस सरकारद्वारा एकै परिवारलाई पाँच लाखको योजना

युवाकलाले ससुराको पाला देखिको पुरानो कुलोबाट सिचाई गरेकी थिईन भने उनिहरु जम्मा चार भाईले गत बर्ष प्रदेश सरकारबाट पाँच लाख रकम पारेर अर्को मुहानमा ट्याङकी बाँधेर सिधै पाईपबाट सिंचाई गरे पछि जिज्युबाज्येको पाला देखिको कुलो विस्थापित गराउन खोजिरहेका छन्।

पूर्व वडाध्यक्ष शोभाखर गिरिका अन्ुसार प्रदेश सरकारबाट युवाकला सहितका पाँच घरधुरीका लागि गत बर्ष ५ लाख बजेटको पत्थरे सिंचाई योजना परेर काम सम्पन्न भएको थियो।

तर कुटपिटमा संलग्न रामप्रासद सहित एकै परिवारका चार भाईले मात्रै उक्त सिंचाई योजना प्रयोग गरेर युवकलाको परिवारलाई वञ्चित मात्रै गरेनन, उनले पुरानो कुलोबाट सिंचाई गर्दा समेत अवरोध गरे पछि आफू वडा कार्यालयमा न्याय माग्न गएको युवाकला बताउँछिन्।

भर्खरै सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत लोक दोहोरी गीत कसम सार्वजनिक गरिएको छ र छोटो समयमा नै यसले धेरैको मन जित्न सफल पनि भएको छ।

चर्चित सर्जक शिव हमालको शब्द र संगीत संयोजन रहेको यो म्युजिक भिडियोमा मृदुल स्वरकी धनी लोक गायिका अञ्जना रायमाझी र सुमधुर स्वरका धनी गायक विमल परियारको स्वर रहेको छ।

सर्जक तथा लोक गायक बैकुण्ठ रायमाझीले दर्जनौँ गीतमा शब्द र संगीत संयोजन गरिसकेका छन् भने केही समय अघि मात्र स्वर्गीय आमा प्रति समर्पित गीत ‘दुधको भारा’ सार्वजनिक गरेका छन्‌ जसमा शब्द र संगीत संयोजन, स्वर र अभिनय उनी स्वयंको रहेको छ। यस गीतकी गायिका अञ्जना रायमाझी उनै बैकुण्ठ रायमाझीकी धर्मपत्नी हुन भने यस म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी स्मृति रायमाझी सुपुत्री हुन।

सानैदेखि युरोपका विभिन्न कार्यक्रमहरूमा नृत्यकला प्रस्तुत गर्दै आएकी स्मृति नृत्य तथा अभिनय कलामा अब्बल छिन्। गुल्मीको वामीका यी रायमाझी परिवार सांगीतिक क्षेत्रको भविष्य उज्वल देख्छन। बैकुण्ठ रायमाझी भन्छन्, ‘म मनोरञ्जन र मौलिक लोक गीत प्रतिको प्रेम र लगावका कारण यी प्रयास गर्ने गरेको छु। मेरो भविष्य मेरो मेहनतले निर्धारण गर्ने हो। महत्वपूर्ण कुरा म आफ्नो कर्ममा कति लगनशील छु भन्ने हो।’

उनी अगाडि थप्छन्, ‘यस पटक सपरिवार नेपालमा रहेको अवसर पारेर केही गीतहरु निर्माण गरेका छौँ। हाम्रा सिर्जनाहरु हेरेर र सुनेर हामीलाई थप हौसला प्रदान गर्ने सम्पूर्ण श्रोता र दर्शक प्रति आभारी छौँ।’

सांगीतिक क्षेत्रमा उदयमान नाम बैकुण्ठ रायमाझीकी पत्नी अञ्जना रायमाझीको जादुमयी आवाज तथा छोरी स्मृति रायमाझीको अभिनयले यस पटक दर्शक तथा श्रोताको मन लोभ्याउन सफल भएको कुरामा हामी विश्वस्त छौँ।

अन्तमा, युट्युबमा SeroFero NEPAL अथवा Baikuntha Rayamajhi किवर्ड सर्च गरेर गीत हेरिदिनुहुन अनुरोध गर्दछौँ।

आउनुहोस्, हेरौँ र शेयर पनि गरौँ:

 
 

गुल्मी: सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतमा स्वर विमल परियार र अन्जना रायमाझीको रहेको छ भने म्युजिक भिडियोमा अभिनय सुनिल क्षेत्री र स्मृति रायमाझीको रहेको छ।

मौलिक नेपाली लोक भाकामा रहेको र उत्कृष्ट शब्द र संगीत रहेको यस गीतलाई शिव हमालले लेख्नुभएको हो भने आशिष अविरलले एरेन्ज गर्नुभएको हो।

यस गीतको म्युजिक भिडियोको निर्देशन सुनिल क्षेत्रीले गर्नुभएको हो भने छायांकन नवराज उप्रेतीले गर्नुभएको हो।

आउनुहोस्, हेरौँ:

छोडी गयौ तिमीले मलाई क्षितिजको माझमा

यो छातीको आगो निभाउन पिउँछु हरेक साँझमा।

प्रस्तुत हरफहरू भर्खरै रिलिज भएको प्रमोद खरेलको स्वरमा सजिएको र बैकुण्ठ रायमाझीले लेख्नुभएको आधुनिक गीत क्षितिज बाट लिइएको हो। उक्त गीतको म्युजिक भिडियो

सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

थुप्रै लोकगीतहरु गायन, लेखन र निर्माण गर्दै आउनुभएका स्रष्टा बैकुण्ठ रायमाझीको यो पहिलो सुगम संगीत हो। गीत नेपाली जनजीवनको यथार्थतामा रही रचिएको गीतकारले जानकारी दिनुभयो। आधुनिक नेपाली समाजमा फस्टाउँदै गएका विकृति र विसङ्गतिलाई चिर्न गीतले सहयोग पुर्याउने गीतकारले विश्वास व्यक्त गर्नुभयो। विशेषगरी रोजगारीको अवसरको खोजीमा श्रीमान विदेशिएपछि श्रीमती विलासिताको आशामा गाउँबाट शहर पस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न गीतले भुमिका खेल्ने कुरामा गीतकार आशावादी रहेका छन्। यसरी उत्पादनशील र सक्रिय जनशक्ति गाउँबाट पलायन हुँदा गाउँको विकास चुनौतिपूर्ण हुने गीतकारको स्विकारोक्ति छ।

कर्णप्रिय स्वरका धनी चर्चित गायक प्रमोद खरेलको स्वरमा सुसज्जित गीतका शब्द र संगीतको संकलन र संयोजन बैकुण्ठ रायमाझीले गर्नुभएको हो। चर्चित मोडल द्वय ओबी रायमाझी र दिव्यानी ओलीद्वारा अभिनित म्युजिक भिडियोलाई विक्रम चौहानले कोरियोग्राफी गरेका हुन्। यस गीतलाई एरेन्ज कमल सौराहा र रेकर्ड चर्चित रेकर्डिस्ट राजकुमार बगरले गरेका हुन्। गायिका रिता केसीको पनि विशेष भुमिका रहेको छ।

स्रोता तथा दर्शकवृन्दहरुले यो भिडियो लाइक, कमेन्ट र विभिन्न माध्यमबाट शेयर गरेर सहयोग गर्न अनुरोध गरिन्छ।

आउनुहोस्, उक्त म्युजिक भिडियो हेरौँ:

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले काठमाडौं दरबारमार्गमा रहेको हार्ड रक क्याफेमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

छुट उपलब्ध गराउने सम्बन्धी विषयमा दुवै पक्षबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले हार्ड रक क्याफेको फुड र बेभरेज (नन्- अल्कोहलिक) मा उक्त छुट पाउने छन् । छुट पाउनका लागि सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने छ ।

यस सम्झौताले नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

काठमाडौं । विदेशबाट ‘आईएमई पे’ मार्फत नेपाल पठाएको रकम प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने भएको छ ।

विश्वको जुनकुनै देशबाट आईएमई पे मार्फत नेपाल पठाएको पैसा प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने आईएमई पे ले जनाएको छ ।

आईएमई पेमा रकम प्राप्त गर्दा १० हजार रुपैयाँसम्ममा  ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ । त्यस्तै, कारोबारको रकम अनुसार ५० हजार, एक लाख र दुई लाखसम्म क्रमशः  १००, २०० र ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।

कारोबारमा संलग्न एकजनाले महिनाको दुई पटकसम्म बोनस प्राप्त गर्न सक्नेछन् । यो योजना मार्फत आईएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घरसम्मै पुग्ने विश्वासको समेत वृद्धि हुने कम्पनीले जनाएको छ ।

विदेशबाट पठाएको रकम आईएमई पे मार्फत प्राप्त गर्दा बोनस प्राप्त गर्न सकिने योजना निकै उपलब्धिमूलक बन्न सक्ने आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए ।

काठमाडौं । डिसहोमले आफ्नो इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ ।

वार्षिक इन्टरनेट सेवा लिएका ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सबै इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनससहित ग्राहकलाई नि:शुल्क राउटर उपलब्ध गराइने छ ।

पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन् ।

कम्पनीका अनुसार नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिसहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्नेछन् ।

८ माघ, काठमाडौं। मोबाइल फोन निर्माता कम्पनी सामसङ इलेक्ट्रोनिक्सले बेलायतको राजधानी लन्डनमा ‘ग्यालेक्सी अनप्याक्ड २०२५’ नाम दिएर लाइभ होलोग्राम शोकेस गरेको छ ।

मोबाइल एआईको अर्को युग सुरु भएको र विश्वलाई यसको अनुभव दिलाउन सामसङले लन्डनमा होलोग्राम र आवाजसहित शोकेस आयोजना गरेको हो । शोकेस अवलोकन गर्न हजारौं दर्शक उपस्थित थिए ।

होलोग्राम प्रोजेक्सनमा ग्यालेक्सी एआईबाट प्रयोगकर्ताले अपेक्षा गरेको मोबाइल अनुभवदेखि ग्यालेक्सी एस सिरिजका नयाँ फिचर १ सय फिटमाथि आकाशमा ६५ फिट बाई ५० आकारमा देखाइएको थियो ।

सामसङका प्रयोगकर्ताले यो शोकेस ९ माघदेखि सामसङको आधिकारिक वेबसाइट वा सामसङ नेपालको आधिकारिक फेसबुक पेजमा हेर्न सक्नेछन् ।

सामसङ नेपालले शोकेसबारे जानकारी दिन ३० जनवरीमा पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका प्रभावित परिवारलाई कम्बल वितरण गरिएको हो ।

१ माघमा एक कार्यक्रमको आयोजना गरी जाजरकोटको नलगाड नगरपालिका–१ का अध्यक्ष धनबहादुर महर र २ माघमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का अध्यक्ष इन्द्रबहादुर गिरीको उपस्थितिमा प्रभावितहरूलाई कम्बल वितरण गरिएको बैंकले जनाएको छ ।

यस वर्षको हिउँदमा पनि अस्थायी आवासमा बिताउनु पर्दा खासगरी वृद्धवृद्धा, बालबालिका र सुत्केरीहरुको स्वास्थ्यमा पर्नसक्ने समस्यालाई ध्यानमा राखी कम्बल वितरण गरिएको नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए ।

बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका–१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ मा ४९ वटा अस्थायी आवास निर्माण गरेको थियो । सोही अस्थायी आवासमा बसोबास गर्ने परिवारका लागि कम्बल वितरण गरिएको बैंकले जनाएको छ ।

त्यसअवसरमा नलगाड–१ का अध्यक्ष महर र चौरजहारी–१ का अध्यक्ष गिरीले भूकम्प प्रभावितका लागि ओत लाग्न सुरक्षित ठाउँ उपलब्ध गराउनुका साथै यसवर्ष चिसोबाट बच्न कम्बल वितरण गरी राहत उपलब्ध गराएकामा नबिल बैंकलाई धन्यवाद दिए ।

१७ कात्तिक २०८० मा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्र बिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुगेको थियो ।

काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट अबिमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृति प्राप्त गरेको छ ।

कामना सेवाले आफ्नो १८औं वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गरेको थियो ।

राष्ट्र बैंकले मंगलबार अग्राधिकार सेयर जारी गर्नका लागि स्वीकृति प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जानकारी दिए ।

राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा गरेको व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजीकोष सबलीकरण गर्नका लागि हकप्रद सेयरको विकल्पको रूपमा गत १२ असरमा सर्कुलर जारी गर्दै अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएको थियो ।

राष्ट्र बैंकले अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न बाटो खुलाएसँगै बैंकले गत १७ असारमै ९ प्रतिशत प्रतिफल दर तोकेर ३५ लाख कित्ता अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो ।

उक्त अग्राधिकार सेयर जारी गरे पश्चात बैंकको पूँजीकोष बढ्न गई व्यवसाय विस्तारमा सहजीकरण हुनेछ ।

हाल बजारको तरलता अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्तालाई ९ प्रतिशत लाभांश प्रदान गर्ने अग्राधिकार सेयर लगानीको उचित माध्यम समेत हुने बैंकले जनाएको छ ।

अब, नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात उक्त अबिमोच्य असञ्चिति अग्राधिकार सेयर बिक्रीका लागि आह्वान हुने र सम्बन्धित नियामकीय निकायको स्वीकृति पश्चात स्टक एक्सचेन्जमा सूचीकृत हुने थकालीले बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।