२०८३ आश्विन ३ शनिबार
२०८३ आश्विन ३ शनिबार

आफ्नो गाउँ समाजअनुसार आ–आफ्नै वेशभूषा चालचलन रीतिरिवाज हुन्छन्। त्यसैमध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ साँखमा लाग्ने पापिनी मेला। परम्परागत रूपमा लाग्दै आएको यो मेलामा पनि अनौठो संस्कार छ– जहाँ कन्या–कन्याबीच विवाह हुन्छ तर त्यो नक्कली हो। परम्परा धान्न नक्कली विवाह हुने गरेको स्थानीय बुढापाका बताउँछन्।

हरेक वर्ष माघ १५ गते राति यहाँ कन्या–कन्याबीच विवाह हुने परम्परा छ। यसपटक पनि दुई गाउँका किशोरीका बीचमा विवाह सम्पन्न भयो। साँख गाउँको बीचमा दह छ। यही दहको तलपट्टिको गाउँलाई तलिगाउँ र माथिपट्टिको गाउँलाई माथि गाउँ भनिन्छ। यिनै तलिगाउँ र माथिगाउँका किशोरीका बीचमा हरेक वर्ष विधिपूर्वक नै विवाह गरिदिने प्रचलन रहेको छ। यो विवाहलाई ‘पापिनी विवाह’ भनिने स्थानीयवासी पदमा ओलीले बताइन्। उनका अनुसार यो वर्ष तलिगाउँमा बेहुली भित्र्याइएको छ। अघिल्लो वर्ष तलिगाउँबाट माथिगाउँ बेहुली लगिएको थियो। यो क्रम हरेक वर्ष  आलोपालो हुने गरेको ओलीले बताइन्।

‘किशोरीलाई नै बेहुला र बेहुलीका रूपमा सजाएर चलिआएको रीतअनुसार बेहुली माग्ने, जन्ती लिएर जाने र माइती पक्षले पनि रीतअनुसार नै छोरीलाई अन्माएर पठाउने परम्परा रहेको छ। यही माघ १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ दुलाहा पक्ष बाजागाजासहित धुमधामका साथ जन्ती लिएर दुलही लिन जाने र सोही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने प्रचलन छ। अघिल्लो साता तलिगाउँबाट जन्तीसहित गएका दुलाहा पक्षले माथिगाउँबाट दुलही ल्याएर तलिगाउँ आएर कन्या–कन्याबीच विवाह सम्पन्न गरेका थिए।

विवाहमा परम्परागत पापिनी नाच देखाइन्छ। दुलही लिन आएका बेहुला पक्षलाई स्वागत गर्न माइती पक्षमा पापिनीका रूपमा सजिएका किशोरीहरूले नाच देखाउँछन् भने दुलही लिएर गएपछि घर पक्षमा खुसियालीका रूपमा यो नाच उनै पापिनीहरूले नाच्छन्। लहरै लागेर तालमा ताल मिलाएर नाचिने यो नाचले सबैलाई आकर्षित गरेको हुन्छ। पापिनी मेलाको प्रमुख आकर्षणमध्येको एक यो नाच यो पनि हो।
 
साँखमा मानव बस्ती बस्न थालेदेखि नै साँख दहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ। हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा अकालमै मान्छे मर्छन् वा अनिष्ट हुन्छ भन्ने जनविश्वास लामो समयदेखि रहिआएको स्थानीय अगुवाहरू बताउँछन्। हरेक वर्ष साँखका दुई गाउँले पापिनी तयार गर्छन् र परम्परा चलाउँछन्। परम्परा चलाउने कन्यालाई भने ‘पापिनी’को नाम दिइएको छ। पापिनी हुन जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने हुनुपर्छ। यही योग्यताका आधारमा पापिनी छानिन्छन् भने अगुवा पनि त्यसरी नै छनोट गरिन्छ। ‘गाउँको चालचलन धान्ने कन्या पापिनी हुनु परेको छ, यो उहिलेकै चलन हो,’ स्थानीय अगुवा पूर्णबहादुर बुढाले भने।
 
‘पापिनी’ अगुवाको निर्देशन र पहलमा माघ १ गतेदेखि नै साँख दहको डिलमा थला बस्न सुरु गरिन्छ। माथि गाउँका पूर्णबहादुर बुढाले वर्षौंदेखि यसको अगुवाइ गर्दै आएका छन्। हरेक राति तलीगाउँकी पापिनी दहको तल्लो डिल र माथिगाउँकी पापिनी माथिल्लो डिलमा बस्ने गर्छन्। आगो बाल्ने, सिस्नो खेल्ने र नाच्ने काम थला बसेका बेला गरिने बुढाले बताए। हरेक वर्ष माघ १४ गते बेहुला पक्षका पापिनी बेहुली माग्न अर्को गाउँ अर्थात् दहको अर्को डिल जान्छन्।

काठमाडौँ । विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजले नेपालमै पहिलो पटक न्युरो इन्ट्रा–अप्रेटिभ एमआरआई (iMRI) प्रविधि भित्र्याएर हजारौं बिरामीलाई सफल उपचार प्रदान गर्न सफल भएको छ ।

अत्याधुनिक प्रविधिको प्रयोग गरी न्युरो सर्जरीको जटिलता न्यूनीकरण गर्दै सुरक्षित तथा प्रभावकारी शल्यक्रिया सम्पन्न गरिँदै आएको छ ।
 
न्युरो इन्ट्रा–अप्रेटिभ एमआरआई (iMRI) प्रविधिको महत्त्व
 
यो प्रविधिले सर्जरीको क्रममा वास्तविक समयमा बिरामीको स्नायु प्रणालीको गतिविधि अनुगमन गर्न मद्दत गर्ने अस्पतालले जनाएको छ । जसका कारण शल्यक्रिया गर्दा सम्भावित जटिलता न्यूनीकरण गर्दै थप सुरक्षित, प्रभावकारी, र न्यूनतम जोखिमयुक्त उपचार सम्भव भएको छ ।
 
नोबेल मेडिकल कलेजमा वरिष्ठ न्युरो सर्जन प्राध्यापक डा. प्रकाश काफ्ले को नेतृत्वमा यो प्रविधि सफलतापूर्वक प्रयोग गरिँदै आएको छ। उनका अनुसार, न्युरो इन्ट्रा–अप्रेटिभ प्रविधिबाट ब्रेन ट्युमर, स्पाइनल इन्जुरी, पार्किन्सन्स, सेरेब्रल पल्सी, हाइड्रोसेफालस (टाउकोमा पानी जम्ने समस्या), हेड इन्जुरी, स्पाइनल ट्युमर, ब्रेन हेमरेज तथा रगत जमेको समस्या लगायतका गम्भीर न्युरो समस्याको सर्जरी सफलतापूर्वक सम्भव भएको छ ।
 
नेपालमै पहिलो पटक यो प्रविधि नोबेल मेडिकल कलेजमा उपलब्ध रहेको छ । जसले भर्खर जन्मिएका शिशुदेखि वृद्धसम्मका बिरामीहरूलाई न्यूनतम जोखिममा सफल उपचारको अवसर प्रदान गरिरहेको छ ।
 
नेपाल र भारतका हजारौं बिरामीले यस प्रविधिबाट लाभ उठाइसकेका छन् । आधुनिक प्रविधिसहितको उपचार सेवा प्रदान गर्दै आएको नोबेल मेडिकल कलेजले न्युरो सर्जरी क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
 
नोबेल मेडिकल कलेज नेपाली कांग्रेसका युवा नेता सांसद डा. सुनिल शर्माको हो । सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौँ गरिब दिनदुःखीलाई सेवा प्रदान गर्दै आएका छन् । शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन् ।
 

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा चौथो मुद्दा दर्ता भएको छ ।

चितवन जिल्ला अदालतमा उनीविरुद्ध  सहकारी ठगी मुद्दा मंगलबार दर्ता भएको हो । यसअघि उनीविरुद्ध यस्तै प्रकरणमा कास्की अदालत, काठमाडौं अदालत र रुपन्देही अदालतमा पनि मुद्दा दर्ता भइसकेको छ ।
 
लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित यो प्रकरणमा १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनले जानकारी दिएको छ ।
 
जिल्ला सरकारी वकिल कार्यालयका अनुसार लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन,  लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
 
रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।
 
यसअघि यही सहकारी ठगी प्रकरण्णमा असोज ८ मा १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको थियो । जीबी राईसहित कुमार रम्तेल, सागर केसी, बीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
 
लामिछानेले सहकारी ठगी प्रकरणमा मुद्दा खेपेको यो चौथो हो । उनी यसअघि कास्की जिल्ला खदालतबाट ६५ लाख, काठमाडौं जिल्ला अदालतबाट ६० लाख र रुपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका थिए । अब चितवन जिल्लान अदालतमा थुनछेक बहस हुनेछ । लामिछानेविरुद्ध पर्साको सानापाइला सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान भइरहेको छ । पर्सा जिल्ला अदालतमा पनि अब मुद्दा दर्ता हुन सक्नेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।