२०८२ असार ३० सोमबार
२०८२ असार ३० सोमबार

आफ्नो गाउँ समाजअनुसार आ–आफ्नै वेशभूषा चालचलन रीतिरिवाज हुन्छन्। त्यसैमध्येको एक हो, रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ साँखमा लाग्ने पापिनी मेला। परम्परागत रूपमा लाग्दै आएको यो मेलामा पनि अनौठो संस्कार छ– जहाँ कन्या–कन्याबीच विवाह हुन्छ तर त्यो नक्कली हो। परम्परा धान्न नक्कली विवाह हुने गरेको स्थानीय बुढापाका बताउँछन्।

हरेक वर्ष माघ १५ गते राति यहाँ कन्या–कन्याबीच विवाह हुने परम्परा छ। यसपटक पनि दुई गाउँका किशोरीका बीचमा विवाह सम्पन्न भयो। साँख गाउँको बीचमा दह छ। यही दहको तलपट्टिको गाउँलाई तलिगाउँ र माथिपट्टिको गाउँलाई माथि गाउँ भनिन्छ। यिनै तलिगाउँ र माथिगाउँका किशोरीका बीचमा हरेक वर्ष विधिपूर्वक नै विवाह गरिदिने प्रचलन रहेको छ। यो विवाहलाई ‘पापिनी विवाह’ भनिने स्थानीयवासी पदमा ओलीले बताइन्। उनका अनुसार यो वर्ष तलिगाउँमा बेहुली भित्र्याइएको छ। अघिल्लो वर्ष तलिगाउँबाट माथिगाउँ बेहुली लगिएको थियो। यो क्रम हरेक वर्ष  आलोपालो हुने गरेको ओलीले बताइन्।

‘किशोरीलाई नै बेहुला र बेहुलीका रूपमा सजाएर चलिआएको रीतअनुसार बेहुली माग्ने, जन्ती लिएर जाने र माइती पक्षले पनि रीतअनुसार नै छोरीलाई अन्माएर पठाउने परम्परा रहेको छ। यही माघ १४ गते साँझ दुलही माग्न जाने र १५ गते साँझ दुलाहा पक्ष बाजागाजासहित धुमधामका साथ जन्ती लिएर दुलही लिन जाने र सोही दिन माइती पक्षले विवाह गरिदिएर छोरीलाई अन्माउने प्रचलन छ। अघिल्लो साता तलिगाउँबाट जन्तीसहित गएका दुलाहा पक्षले माथिगाउँबाट दुलही ल्याएर तलिगाउँ आएर कन्या–कन्याबीच विवाह सम्पन्न गरेका थिए।

विवाहमा परम्परागत पापिनी नाच देखाइन्छ। दुलही लिन आएका बेहुला पक्षलाई स्वागत गर्न माइती पक्षमा पापिनीका रूपमा सजिएका किशोरीहरूले नाच देखाउँछन् भने दुलही लिएर गएपछि घर पक्षमा खुसियालीका रूपमा यो नाच उनै पापिनीहरूले नाच्छन्। लहरै लागेर तालमा ताल मिलाएर नाचिने यो नाचले सबैलाई आकर्षित गरेको हुन्छ। पापिनी मेलाको प्रमुख आकर्षणमध्येको एक यो नाच यो पनि हो।
 
साँखमा मानव बस्ती बस्न थालेदेखि नै साँख दहमा नाटकीय विवाह गर्ने चलन सुरु भएको किंवदन्ती छ। हरेक वर्ष नाटकीय विवाह र नाचगान नगर्दा गाउँमा अकालमै मान्छे मर्छन् वा अनिष्ट हुन्छ भन्ने जनविश्वास लामो समयदेखि रहिआएको स्थानीय अगुवाहरू बताउँछन्। हरेक वर्ष साँखका दुई गाउँले पापिनी तयार गर्छन् र परम्परा चलाउँछन्। परम्परा चलाउने कन्यालाई भने ‘पापिनी’को नाम दिइएको छ। पापिनी हुन जनजाति समुदायको, बिहे नगरेको र नाच्न जान्ने हुनुपर्छ। यही योग्यताका आधारमा पापिनी छानिन्छन् भने अगुवा पनि त्यसरी नै छनोट गरिन्छ। ‘गाउँको चालचलन धान्ने कन्या पापिनी हुनु परेको छ, यो उहिलेकै चलन हो,’ स्थानीय अगुवा पूर्णबहादुर बुढाले भने।
 
‘पापिनी’ अगुवाको निर्देशन र पहलमा माघ १ गतेदेखि नै साँख दहको डिलमा थला बस्न सुरु गरिन्छ। माथि गाउँका पूर्णबहादुर बुढाले वर्षौंदेखि यसको अगुवाइ गर्दै आएका छन्। हरेक राति तलीगाउँकी पापिनी दहको तल्लो डिल र माथिगाउँकी पापिनी माथिल्लो डिलमा बस्ने गर्छन्। आगो बाल्ने, सिस्नो खेल्ने र नाच्ने काम थला बसेका बेला गरिने बुढाले बताए। हरेक वर्ष माघ १४ गते बेहुला पक्षका पापिनी बेहुली माग्न अर्को गाउँ अर्थात् दहको अर्को डिल जान्छन्।

काठमाडौँ । विराटनगरको कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजले नेपालमै पहिलो पटक न्युरो इन्ट्रा–अप्रेटिभ एमआरआई (iMRI) प्रविधि भित्र्याएर हजारौं बिरामीलाई सफल उपचार प्रदान गर्न सफल भएको छ ।

अत्याधुनिक प्रविधिको प्रयोग गरी न्युरो सर्जरीको जटिलता न्यूनीकरण गर्दै सुरक्षित तथा प्रभावकारी शल्यक्रिया सम्पन्न गरिँदै आएको छ ।
 
न्युरो इन्ट्रा–अप्रेटिभ एमआरआई (iMRI) प्रविधिको महत्त्व
 
यो प्रविधिले सर्जरीको क्रममा वास्तविक समयमा बिरामीको स्नायु प्रणालीको गतिविधि अनुगमन गर्न मद्दत गर्ने अस्पतालले जनाएको छ । जसका कारण शल्यक्रिया गर्दा सम्भावित जटिलता न्यूनीकरण गर्दै थप सुरक्षित, प्रभावकारी, र न्यूनतम जोखिमयुक्त उपचार सम्भव भएको छ ।
 
नोबेल मेडिकल कलेजमा वरिष्ठ न्युरो सर्जन प्राध्यापक डा. प्रकाश काफ्ले को नेतृत्वमा यो प्रविधि सफलतापूर्वक प्रयोग गरिँदै आएको छ। उनका अनुसार, न्युरो इन्ट्रा–अप्रेटिभ प्रविधिबाट ब्रेन ट्युमर, स्पाइनल इन्जुरी, पार्किन्सन्स, सेरेब्रल पल्सी, हाइड्रोसेफालस (टाउकोमा पानी जम्ने समस्या), हेड इन्जुरी, स्पाइनल ट्युमर, ब्रेन हेमरेज तथा रगत जमेको समस्या लगायतका गम्भीर न्युरो समस्याको सर्जरी सफलतापूर्वक सम्भव भएको छ ।
 
नेपालमै पहिलो पटक यो प्रविधि नोबेल मेडिकल कलेजमा उपलब्ध रहेको छ । जसले भर्खर जन्मिएका शिशुदेखि वृद्धसम्मका बिरामीहरूलाई न्यूनतम जोखिममा सफल उपचारको अवसर प्रदान गरिरहेको छ ।
 
नेपाल र भारतका हजारौं बिरामीले यस प्रविधिबाट लाभ उठाइसकेका छन् । आधुनिक प्रविधिसहितको उपचार सेवा प्रदान गर्दै आएको नोबेल मेडिकल कलेजले न्युरो सर्जरी क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।
 
नोबेल मेडिकल कलेज नेपाली कांग्रेसका युवा नेता सांसद डा. सुनिल शर्माको हो । सांसद शर्माले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौँ गरिब दिनदुःखीलाई सेवा प्रदान गर्दै आएका छन् । शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन् ।
 

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा चौथो मुद्दा दर्ता भएको छ ।

चितवन जिल्ला अदालतमा उनीविरुद्ध  सहकारी ठगी मुद्दा मंगलबार दर्ता भएको हो । यसअघि उनीविरुद्ध यस्तै प्रकरणमा कास्की अदालत, काठमाडौं अदालत र रुपन्देही अदालतमा पनि मुद्दा दर्ता भइसकेको छ ।
 
लामिछानेविरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय चितवनले लामिछानेसहित यो प्रकरणमा १५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनले जानकारी दिएको छ ।
 
जिल्ला सरकारी वकिल कार्यालयका अनुसार लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन,  लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
 
रविलाई सहकारी ठगीमा मात्रै मुद्दा दर्ता गरिएको छ भने अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनमा यो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीको छ ।
 
यसअघि यही सहकारी ठगी प्रकरण्णमा असोज ८ मा १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको थियो । जीबी राईसहित कुमार रम्तेल, सागर केसी, बीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।
 
लामिछानेले सहकारी ठगी प्रकरणमा मुद्दा खेपेको यो चौथो हो । उनी यसअघि कास्की जिल्ला खदालतबाट ६५ लाख, काठमाडौं जिल्ला अदालतबाट ६० लाख र रुपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका थिए । अब चितवन जिल्लान अदालतमा थुनछेक बहस हुनेछ । लामिछानेविरुद्ध पर्साको सानापाइला सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान भइरहेको छ । पर्सा जिल्ला अदालतमा पनि अब मुद्दा दर्ता हुन सक्नेछ ।
 
 

प्रेम सुनार, गुल्मी : बिहीबार बिहान कुलोको विवादलाई लिएर बसेको छलफलमा गुल्मीको अर्जै गाउँका दुई जना व्यक्तिले वडाध्यक्षकै सामु भाई बुहारीलाई कुटपिट गरेका छन्। जिल्लाको मालिका गाउँपालिका-६, अर्जैका रामप्रसाद अर्याल र नेत्रप्रसाद अर्यालले भाई बुहारी युवाकला अर्याललाई कुटपिट गरेका हुन्।

बारीलाई खेत बनाएका बुहारी युवाकला र उनका छोरा लिलाराम अर्यालाई कुलाको सिञ्चाई गर्नबाट बञ्चित गरे पछि लिलारामले पाँच दिन अघि वडा नम्वर ६ को वडा कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा आज दुबै पक्षलाई बोलाएर छलफल गर्ने क्रममा एक्कासी हातपात सुरु भएको र त्यस क्रममा महिला युवाकला अर्याल भुँईमा लडेको आफुले देखेको वडाध्यक्ष दिपक भण्डारीले जानकारी दिए । उनले हातपात मै उत्रिएपछि त्यस्तो बेलामा छलफल नै गर्न नसकिने अवस्था आएको बताए ।

युवाकलाका श्रीमान तारापति अर्याल बैदेशिक रोजगारका लागि दुबइमा रहेका छन् । घरमा एक्लो परिवारलाई पटक पटक हेप्दै र कुटपिटको प्रयास गर्दै आईरहेको बेला आज निर्घात कुटाई खाएर आफू केहिबेर बेहोस् भई ढलेको युवाकलाले बताइन् ।

कुटाइबाट युवाकलाको दायाँ चण्डी सुनिएको छ । गुल्मी अस्पतालमा घा–चेक गराउन आएकी उनलाई टाउकोमा असर परेको हुन सक्ने भन्दै डाक्टरले सिटी स्क्यानका लागि पाल्पा वा बुटवल जान सुझाव दिएको युवाकलाले बताईन । युवाकला र उनका छोराले जिल्ला प्रहरी कार्यालय गुल्मीमा कुटपिट बिरुद्धको उजुरी दिएको र भोली दुबै पक्षलाई बोलाइएको जिल्ला प्रहरी प्रमुख एसपी भिमबहादुर दाहलले बताए ।

कुटपिटमा संलग्न भनिएका रामप्रसाद संग आज विहान पनि पटकपटक फोनमा प्रतिकृया माग्न खोज्दा प्रतिकृया दिन मानेन । अहिले फोनमा प्रतिकृया लिन खोज्दा पनि उनले आफु अन्यायमा परेको भन्दै प्रतिकृया दिन मानेन । श्रोतका अनुसार अर्जै गाउँमा झै–झगडा र कुटपिट घटनामा यस अघि पनि रामप्रसाद संलग्न थिए । गाउँमा उनिसंग धेरै जसो मानिस बोल्न रुचाउँदैनन्।

बिहान भएको कुटपिट घटनामा रामप्रसाद लगायतका आक्रमक पुरुषहरुले पत्रकार बोलाए रक्तपात समेत हुने धम्की दिएका थिए । रामप्रसादले युवाकला आफ्नो खेतमा सिंचाई गरेको भन्दै ठूला–ठूला ढुङ्गा फालेर हुर्किदै गरेको धान खेती नष्ट गरि दिएपछि उनिहरु वडा कार्यालयमा न्याय माग्न गएका थिए।

प्रदेस सरकारद्वारा एकै परिवारलाई पाँच लाखको योजना

युवाकलाले ससुराको पाला देखिको पुरानो कुलोबाट सिचाई गरेकी थिईन भने उनिहरु जम्मा चार भाईले गत बर्ष प्रदेश सरकारबाट पाँच लाख रकम पारेर अर्को मुहानमा ट्याङकी बाँधेर सिधै पाईपबाट सिंचाई गरे पछि जिज्युबाज्येको पाला देखिको कुलो विस्थापित गराउन खोजिरहेका छन्।

पूर्व वडाध्यक्ष शोभाखर गिरिका अन्ुसार प्रदेश सरकारबाट युवाकला सहितका पाँच घरधुरीका लागि गत बर्ष ५ लाख बजेटको पत्थरे सिंचाई योजना परेर काम सम्पन्न भएको थियो।

तर कुटपिटमा संलग्न रामप्रासद सहित एकै परिवारका चार भाईले मात्रै उक्त सिंचाई योजना प्रयोग गरेर युवकलाको परिवारलाई वञ्चित मात्रै गरेनन, उनले पुरानो कुलोबाट सिंचाई गर्दा समेत अवरोध गरे पछि आफू वडा कार्यालयमा न्याय माग्न गएको युवाकला बताउँछिन्।

भर्खरै सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत लोक दोहोरी गीत कसम सार्वजनिक गरिएको छ र छोटो समयमा नै यसले धेरैको मन जित्न सफल पनि भएको छ।

चर्चित सर्जक शिव हमालको शब्द र संगीत संयोजन रहेको यो म्युजिक भिडियोमा मृदुल स्वरकी धनी लोक गायिका अञ्जना रायमाझी र सुमधुर स्वरका धनी गायक विमल परियारको स्वर रहेको छ।

सर्जक तथा लोक गायक बैकुण्ठ रायमाझीले दर्जनौँ गीतमा शब्द र संगीत संयोजन गरिसकेका छन् भने केही समय अघि मात्र स्वर्गीय आमा प्रति समर्पित गीत ‘दुधको भारा’ सार्वजनिक गरेका छन्‌ जसमा शब्द र संगीत संयोजन, स्वर र अभिनय उनी स्वयंको रहेको छ। यस गीतकी गायिका अञ्जना रायमाझी उनै बैकुण्ठ रायमाझीकी धर्मपत्नी हुन भने यस म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी स्मृति रायमाझी सुपुत्री हुन।

सानैदेखि युरोपका विभिन्न कार्यक्रमहरूमा नृत्यकला प्रस्तुत गर्दै आएकी स्मृति नृत्य तथा अभिनय कलामा अब्बल छिन्। गुल्मीको वामीका यी रायमाझी परिवार सांगीतिक क्षेत्रको भविष्य उज्वल देख्छन। बैकुण्ठ रायमाझी भन्छन्, ‘म मनोरञ्जन र मौलिक लोक गीत प्रतिको प्रेम र लगावका कारण यी प्रयास गर्ने गरेको छु। मेरो भविष्य मेरो मेहनतले निर्धारण गर्ने हो। महत्वपूर्ण कुरा म आफ्नो कर्ममा कति लगनशील छु भन्ने हो।’

उनी अगाडि थप्छन्, ‘यस पटक सपरिवार नेपालमा रहेको अवसर पारेर केही गीतहरु निर्माण गरेका छौँ। हाम्रा सिर्जनाहरु हेरेर र सुनेर हामीलाई थप हौसला प्रदान गर्ने सम्पूर्ण श्रोता र दर्शक प्रति आभारी छौँ।’

सांगीतिक क्षेत्रमा उदयमान नाम बैकुण्ठ रायमाझीकी पत्नी अञ्जना रायमाझीको जादुमयी आवाज तथा छोरी स्मृति रायमाझीको अभिनयले यस पटक दर्शक तथा श्रोताको मन लोभ्याउन सफल भएको कुरामा हामी विश्वस्त छौँ।

अन्तमा, युट्युबमा SeroFero NEPAL अथवा Baikuntha Rayamajhi किवर्ड सर्च गरेर गीत हेरिदिनुहुन अनुरोध गर्दछौँ।

आउनुहोस्, हेरौँ र शेयर पनि गरौँ:

 
 

गुल्मी: सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतमा स्वर विमल परियार र अन्जना रायमाझीको रहेको छ भने म्युजिक भिडियोमा अभिनय सुनिल क्षेत्री र स्मृति रायमाझीको रहेको छ।

मौलिक नेपाली लोक भाकामा रहेको र उत्कृष्ट शब्द र संगीत रहेको यस गीतलाई शिव हमालले लेख्नुभएको हो भने आशिष अविरलले एरेन्ज गर्नुभएको हो।

यस गीतको म्युजिक भिडियोको निर्देशन सुनिल क्षेत्रीले गर्नुभएको हो भने छायांकन नवराज उप्रेतीले गर्नुभएको हो।

आउनुहोस्, हेरौँ:

छोडी गयौ तिमीले मलाई क्षितिजको माझमा

यो छातीको आगो निभाउन पिउँछु हरेक साँझमा।

प्रस्तुत हरफहरू भर्खरै रिलिज भएको प्रमोद खरेलको स्वरमा सजिएको र बैकुण्ठ रायमाझीले लेख्नुभएको आधुनिक गीत क्षितिज बाट लिइएको हो। उक्त गीतको म्युजिक भिडियो

सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

थुप्रै लोकगीतहरु गायन, लेखन र निर्माण गर्दै आउनुभएका स्रष्टा बैकुण्ठ रायमाझीको यो पहिलो सुगम संगीत हो। गीत नेपाली जनजीवनको यथार्थतामा रही रचिएको गीतकारले जानकारी दिनुभयो। आधुनिक नेपाली समाजमा फस्टाउँदै गएका विकृति र विसङ्गतिलाई चिर्न गीतले सहयोग पुर्याउने गीतकारले विश्वास व्यक्त गर्नुभयो। विशेषगरी रोजगारीको अवसरको खोजीमा श्रीमान विदेशिएपछि श्रीमती विलासिताको आशामा गाउँबाट शहर पस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न गीतले भुमिका खेल्ने कुरामा गीतकार आशावादी रहेका छन्। यसरी उत्पादनशील र सक्रिय जनशक्ति गाउँबाट पलायन हुँदा गाउँको विकास चुनौतिपूर्ण हुने गीतकारको स्विकारोक्ति छ।

कर्णप्रिय स्वरका धनी चर्चित गायक प्रमोद खरेलको स्वरमा सुसज्जित गीतका शब्द र संगीतको संकलन र संयोजन बैकुण्ठ रायमाझीले गर्नुभएको हो। चर्चित मोडल द्वय ओबी रायमाझी र दिव्यानी ओलीद्वारा अभिनित म्युजिक भिडियोलाई विक्रम चौहानले कोरियोग्राफी गरेका हुन्। यस गीतलाई एरेन्ज कमल सौराहा र रेकर्ड चर्चित रेकर्डिस्ट राजकुमार बगरले गरेका हुन्। गायिका रिता केसीको पनि विशेष भुमिका रहेको छ।

स्रोता तथा दर्शकवृन्दहरुले यो भिडियो लाइक, कमेन्ट र विभिन्न माध्यमबाट शेयर गरेर सहयोग गर्न अनुरोध गरिन्छ।

आउनुहोस्, उक्त म्युजिक भिडियो हेरौँ:

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले काठमाडौं दरबारमार्गमा रहेको हार्ड रक क्याफेमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

छुट उपलब्ध गराउने सम्बन्धी विषयमा दुवै पक्षबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले हार्ड रक क्याफेको फुड र बेभरेज (नन्- अल्कोहलिक) मा उक्त छुट पाउने छन् । छुट पाउनका लागि सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने छ ।

यस सम्झौताले नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

काठमाडौं । विदेशबाट ‘आईएमई पे’ मार्फत नेपाल पठाएको रकम प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने भएको छ ।

विश्वको जुनकुनै देशबाट आईएमई पे मार्फत नेपाल पठाएको पैसा प्राप्त गर्दा ५०० रुपैयाँ बोनस प्राप्त गर्न सकिने आईएमई पे ले जनाएको छ ।

आईएमई पेमा रकम प्राप्त गर्दा १० हजार रुपैयाँसम्ममा  ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ । त्यस्तै, कारोबारको रकम अनुसार ५० हजार, एक लाख र दुई लाखसम्म क्रमशः  १००, २०० र ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।

कारोबारमा संलग्न एकजनाले महिनाको दुई पटकसम्म बोनस प्राप्त गर्न सक्नेछन् । यो योजना मार्फत आईएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घरसम्मै पुग्ने विश्वासको समेत वृद्धि हुने कम्पनीले जनाएको छ ।

विदेशबाट पठाएको रकम आईएमई पे मार्फत प्राप्त गर्दा बोनस प्राप्त गर्न सकिने योजना निकै उपलब्धिमूलक बन्न सक्ने आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए ।

काठमाडौं । डिसहोमले आफ्नो इन्टरनेट सेवामा आकर्षक अफर सार्वजनिक गरेको छ ।

वार्षिक इन्टरनेट सेवा लिएका ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सबै इन्टरनेट प्याकेजहरूमा थप ३ महिनाको बोनससहित ग्राहकलाई नि:शुल्क राउटर उपलब्ध गराइने छ ।

पुराना ग्राहकहरूले आफ्नो वार्षिक प्याकेज रिचार्ज गर्दा र नयाँ ग्राहकहरूले वार्षिक इन्टरनेट जडान गर्दा यो अफरको फाइदा लिन सक्नेछन् ।

कम्पनीका अनुसार नयाँ जडान गर्न चाहने वा आफ्नो प्याकेज रिचार्ज गर्न चाहने ग्राहकहरूले आफ्नै नजिकको डिसहोमको अधिकारिक डिलरसँग सम्पर्क गरी यो अफरको फाइदा उठाउन सक्नेछन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।