२०८२ फाल्गुन २१ बिहीबार
२०८२ फाल्गुन २१ बिहीबार

मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् ।

ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कसेकी हुन् । शुक्रबार काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा उनीहरूको विवाह भएको हो ।

विवाह समारोहमा दुई परिवारका आफन्तसँगै नजिकका केही साथीभाइको उपस्थिति थियो ।

गायिका मेलिना राईले ‘इन्गेजमेन्ट’ गरेकी छिन् ।

उनले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्वीर र भिडिओहरू सार्वजनिक भएका छन् । इलामको माईजोगमाई गाउँपालिका–१ का डा. ध्रुव गुरुङसँग उनको विवाह हुन लागेको निकटस्थ स्रोतले बतायो । गुरुङ पेसाले चिकित्सक हुन् ।

भोलि पारिवारिक जमघटका बीच विवाह हुने स्रोतले जनाएको छ । सामाजिक सञ्जालमा इन्गेजमेन्ट गरेको भिडियो तथा तस्बिरहरू हाल्दै उनका शुभचिन्तकहरूले शुभकामना दिइरहेका छन् ।

 
 

एक समय ‘भाइरल’ बाल गायक परियारको निधन भएको छ । उनको आज बिहान १० बजे निधन भएको स्रोतले जानकारी दिएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । गायक सचिन परियारको १३ वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि एक साताअघि सचिनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

उपचारका क्रममा आज बिहान करिब १० बजे उनी बितेका हुन् । उनको निधन भएको पारिवारिक स्रोत र अस्पताल स्रोतले पुष्टि गरेको छ । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । सचिनका बाबु तेजेन्द्र परियारले छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । सचिनको शव अस्पतालबाट निकालिएको छैन । बाबु र परिवारका सदस्यहरु अस्पतालमा छन् ।

सचिनले महानयक राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका थिए भने हाँस्य श्रृखला ‘मेरी बास्सै’ मा पनि अभिनय गरेका थिए । ‘रातो रबर एक’, ‘रुमाल खस्छ की’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ लगायत उनले गाएका प्रमुख गीत हुन् । मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिक रूपमा कमजोर थिए ।

पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे । सचिनको उपचारका लागि ठूलो सहयोग रकम पनि संकलन भएको थियो । तर उनका बुबा तेजेन्द्र परियारले संकलित रकम दुरुपयोग गरेको आरोप लाग्दै आएको छ ।

नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले शुक्रबार ३८ सिनेमा घरमा ५१ दिनको सेलिब्रेसन गर्ने भएको छ।

कात्तिक १५ गते रिलिज भएको यो फिल्म दक्षिण भारतीय स्टार अल्लु अर्जुनको ‘पुष्पा २’सँग पनि भिडिरहेको छ।

यो अवधिमा आक्रामक व्यापार गरेको फिल्मले ग्रस कलेक्शन पनि ५० करोड बनाएको बताइन्छ।

वितरक मनोज राठीका अनुसार ‘पूर्ण बहादुरको सारङ्गी’ले ३८ वटा सिनेमा हलमा ५१ दिन मनाउन लागेको हो। सबैभन्दा धेरै हलमा ५१ औं दिन मनाउने फिल्मको रेकर्ड पनि ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ ।

‘कबड्डी–४’ले साढे २३ करोड कलेक्सन गरेर बनाएको रेकर्ड यो फिल्मले ब्रेक गर्दै हालसम्मको सर्वाधिक ग्रसकलेक्सन गर्ने बनेको हो।

सरोज पौडेलको निर्देशन रहेको फिल्ममा विजय बराल मुख्य भूमिकामा छन्। विजयसँगै मुकुन भुसाल, बुद्धि तामाङ, प्रकाश सपूत, अञ्जना बराइलीलगायत कलाकारको अभिनय छ।

यो फिल्मले बलिउडका ठूला ‘सिंघम रिटर्नस’, ‘भूलभूलैया ३’ जस्तालाई नेपाली सिनेमा घरमा लामो समयसम्म टिक्न दिएन। यो फिल्म एकै दिन देशभरी सबैभन्दा बढी शो पाउने पनि पहिलो हो।

तामाङ समुदायले आज (बिहीबार) सोनाम ल्होसार पर्व मनाउँदै छन् । यो पर्वका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ ।

तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम हुँदैछन् ।

‘ल्हो’ अर्थात् वर्ष तथा ‘सार’ अर्थात् नयाँ भन्ने अर्थ बोकेको यस पर्वले नयाँ ऊर्जा, समृद्धि र सकारात्मक परिवर्तनको सन्देश दिने गर्छ । सोनाम ल्होसार तामाङ समुदायको मौलिक पर्व हो। डम्फु बाजाको धुन, तामाङ सेलोको लय, परम्परागत वेशभूषा तथा विशेष परिकार यो पर्वको विशेषता हुन् ।

यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्दै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गरेर मनाउँछन् । मुलुकका विभिन्न स्थानमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।

 
 

काठमाडौँ । सगरमाथा क्षेत्र प्रवेश गर्ने सडकमा खुम्बु पासाङल्हामु गाउँपालिकाले चर्को सेवा शुल्क तोकेको छ ।

गाउँपालिकाले सूचना जारी गर्दै सडक मर्मत सम्भार शुल्कबापत प्रतिसिट प्रतिपटक ५० रुपैयाँ शुल्क स्थानीय तहलाई बुझाउनुपर्ने भएको छ ।

४० सिटे गाडी उक्त गाउँपालिका प्रवेश गर्न खोज्यो भने हरेक पटक २ हजार रुपैयाँ सेवा शुल्क स्थानीय तहमा बुझाउनुपर्ने भएको छ ।

उता, सडक मर्मत सम्भार शुल्क (ढुवानी साधन) का हकमा प्रतिक्विन्टल प्रतिपटक १० रुपैयाँ सेवा शुल्क राखिएको छ । गाउँपालिकाले वडा नम्बर १ खरिखोलास्थित नगर प्रहरी पोस्टमा यो शुल्क बुझाउन समेत भनेको छ ।

महोत्तरीको मटिहानी नगरपालिका– ४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ। यस बस्तीका दलित मुसहर परिवारले शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन्।

स्थानीय ५५ वर्षीय सेवक सदाका अनुसार ७५ घरपरिवार रहेको मुसहर बस्तीको कुनै पनि घरमा शौचालय रहेको छैन। यहाँका सबैले खुला स्थानमै शौच गर्दै आएका छन्। यही बस्तीका २२ वर्षीय शोभेन्द्र सदाका अनुसार वृद्धवृद्धा, वयस्क महिला, पुरुष तथा बालबालिका सबै गरेर ३७० जनाको जनसंख्या रहेको छ। यहाँ बसोबास गर्ने सबैजना सधैँदेखि गाउँको खेतबारी र बाटोको छेउछाउमै दिसापिसाब गर्दै आएका छन् र अहिले पनि त्यही स्थानमा गएर शौच गर्दै आएका छन्।

बस्तीकै ५० वर्षीय शंकर सदाले आफूहरूसँग शौचालय बनाउने कुनै उपाय (आर्थिक अवस्था) नरहेको कारण बाबुबाजे पालादेखि नै सपरिवार खुला स्थानमै शौच गर्दै आएको बताए। स्थानीय ६० वर्षीया महिला बासो सदाले आफूहरू सधैँ गाँस, वास र कपासकै अभाव रहने गरेकाले शौचालय निर्माण गर्नु धेरै ठुलो कुरा भएको बताए। यस बस्तीका बासिन्दाले दुई छाक राम्ररी खान नपाएको अवस्थामा कहाँबाट शौचालय निर्माण गर्नु भन्दै उनले प्रतिप्रश्न गरे।

सोही ठाउँकी अर्की महिला ४५ वर्षीया रानी सदाले बस्ने घरकै लागि पर्याप्त ठाउँ नरहेको अवस्थामा शौचालय कहाँ निर्माण गर्नु र गर्न चाहे पनि आफूहरूसँग आर्थिक सामर्थ्य नरहेको भन्दै शौचालय निर्माण गर्न नसकेको बताए।

शौचालयको अभाव भोगिरहेको त्यस बस्तीकी स्थानीय ६० वर्षीया महिला सुनैनादेवी सदाले अरूको खेतबारीमा गएर शौच गर्दा गाली गर्ने, कुटपिट गर्ने, सर्प, बिच्छी र अन्य जनावरको डर हुने गरेको दुखेसो गरे। उनका अनुसार ठुला पुरुष र महिलाले त ठाउँ र समय हेरेर लुकेर कुनै स्थानमा शौच गरिहाल्छन्, तर ससाना बालबालिका दिनभरि अरूकै खेतबारी र बाटोघाटौमै शौच गरिदिँदा अरूहरूले गाली गर्ने, लखेट्ने र कुनैकुनै वेला पिटाइ खानुपर्ने हुन्छ।

खर, पात, बाँस र बेतबाट बनाइएको घरबारभित्र जाडोले कठ्याङ्ग्रिँदै बसिरहेका मुसहर बस्तीमा अन्न, लुगाफाटो र रोजगारीको चरम अभाव देखिएको छ भने शिक्षा र स्वास्थ्यजस्ता कुराले त उनीहरूलाई टाढाटाढासम्म छोएको देखिँदैन।

चारैतिरै सबै कुराको अभावै अभाव र जोखिमपूर्ण जीवन बाँचिरहेका मुसहरहरूको आफू बस्ने घरबाहेक अरू जग्गाजमिन नरहेको, खेतबारी नरहेको र सो स्थानमा सार्वजनिक जग्गासमेत नरहेको कारण उनीहरूका लागि सार्वजनिक शौचालयसमेत निर्माण गर्न नसकिएको वडाध्यक्ष अब्दुल गफार राइनले बताए।

वडाध्यक्ष राइनका अनुसार त्यस बस्तीका ७५ घर परिवारमध्ये सबैजनाको एकनासको बस्ने जग्गासमेत छैन। कसैको दुई धुर, कसैको चार धुर र कसैको एक धुर नै जग्गा रहेको कारण त्यस बस्तीमा कुनै विकासको कार्यक्रम सञ्चालन गर्न सकिएको छैन।

वडाध्यक्ष राइनले शिक्षा, स्वास्थ्य र रोजगारीको सूचकांकमा मटिहानी नगरपालिकामै सबैभन्दा पछाडि रहेको वडा नम्बर ४ मझौरास्थित यस बस्तीमा व्यक्तिगत जग्गाको समस्या रहनुको साथै शौचालयको निर्माण गर्न सार्वजनिक स्थानको पनि अभाव मुख्य समस्या रहेको बताए।

यता देश नै खुला दिसामुक्त घोषणा भइसकेको अवस्थामा धार्मिक एवं सांस्कृतिक नगरी मटिहानीको मझौरा गाउँको मुसहर बस्ती शौचालयविहीन हुनु र त्यहाँका नागरिक अझै पनि खुला आकाशमुनि नै शौच गरिरहेको कुरा आफैँमा लज्जास्पद एवं दुःखद भएको सरसफाइविज्ञ उमाशंकर यादवले बताए।

मटिहानी नगरपालिका देशकै सबैभन्दा पुरानो गुठी लक्ष्मीनारायण मठ भएको र ३५० वर्षभन्दा पनि पुरानो, बालागुरु षडानन्द पढेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ अझै सञ्चालनमा रहेको स्थान हो।

मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।

प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएन पार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म बिजुली कटौती हुनेछ ।

प्राधिकरणले निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भए बिजुली प्रवाह शिघ्रसमेत हुने जनाएको छ । बिजुली कटौतीका कारण उपभोक्तामा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

 
 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धेरै आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। तर केही काम रोकिनाले उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ। समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च हुन सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। चिनजानका माध्यमले पनि विशेष फाइदा दिलाउन सक्छ। कृषि तथा व्यापारमा पनि मनग्य लाभ लिने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्नेछ। शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा आँटेकाे काम बन्न सक्छ। फाइदा कमै भए पनि तारिफयोग्य काम थालनी गर्न सकिनेछ। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। जीवनस्तरमा परिवर्तन ल्याउन निकै मिहिनेत गर्नुपर्ला। भविष्यका लागि जग बसाउन सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। तर, गोपनीयतामा ध्यान पुर्याउनुहोला। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूको साथले नयाँ आशा जगाउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारतर्फ आर्थिक लाभ हुने समय छ। नयाँ योजना शुभारम्भ गर्ने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कुनै परिस्थितिसँग सम्झौता गर्नुपर्दा काममा उल्झन आउन सक्छ। अध्ययनमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। मिहिनेतले उपलब्धिका साथ सम्मानित स्थान दिलाउन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा वचन दिने बानीले पनि दुःख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर छ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने पहिलेको स्थितिमा सुधार आउनेछ। अर्थ उपार्जनका स्रोत पनि फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्नेछ। जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। नयाँ साथीभाइ भेटिनेछन्। मित्रता र प्रेमको बन्धन कसिलाे हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। बेलैमा होस नपुग्नाले चुनौतीसमेत आइलाग्न सक्छ। शुभचिन्तकहरू समेत टाढा हुने समय छ। धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। समय दिन नसक्दा नियमित काममा बाधा हुनेछ।

 
 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा लाभ हुनेछ भने कार्यक्षेत्रमा गरेको कार्यबाट जस पाउनुहुनेछ। सामाजिक सञ्जालमा कार्यरत व्यक्तिहरूलाई विशेष लाभ रहनेछ। गृहणीहरूको गृह सजावटमा समय बित्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा नयाँ कामहरू हात लागि पर्नेछन्। मठमन्दिर र देवस्थानमा यात्रा हुन सक्ला। धर्ममा मन लाग्नेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। लागिरहेको रोग बढ्नेछ। वैदेशिक रोजगारबाट लाभ मिल्ने सम्भावना रहेको छ। व्यापार व्यवसायमा थप लगानी गर्न धैर्य राख्नुहोस्। वाहन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साझेदारी व्यापारमा मनग्य लाभ कमाइनेछ। पायकपर्ने ठाउँको यात्रा हुनसक्ला। जीवन साथीको सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिहरूको सहायताले आँटिलो कार्य पूर्ण गर्न सकिएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सहकारी तथा वित्तीय लेनदेनमा असफलता हात लाग्नेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। कार्यक्षेत्रमा अर्काको देखासिकी गर्दा हानि हुनसक्ने योग छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सन्तानको पठनपाठनलाई लिएर चिन्ता रहनेछ। पूरा गर्न नसकिने वाचा नगरौं। प्रेम सम्बन्ध सुमधुर रहने छ। चिकित्साको क्षेत्रमा सम्मान मिल्नेछ। राजनीतिमा ब‍ोलिको विशेष ध्यान राख्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ भने स्वादिष्ट भोजन पाइनेछ। कार्यक्षेत्रमा रोकिएका कामहरू बन्नेछन्। विश्वासपात्र मित्रबाट धोखा मिल्न सक्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पराक्रममा वृद्धि हुनेछ। आटेको कार्यमा सफलता हात लाग्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ साथै आर्थिक पक्ष मजबुत रहनेछ। कार्यक्षेत्रमा लगनशीलताले कीर्तिमान दिलाउन सक्ला। आजको शुभ रंग केसरी हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साहस र पराक्रममा वृद्धि हुनेछ। नोकरी वा पेशामा वेतन वृद्धि हुन सक्ला। कार्यक्षेत्रमा धेरै व्यस्तताको कारणले जीवन साथीसंग मनमुटाव हुन सक्ला। आर्थिक कारोबारमा लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा लाभ रहनेछ। घरपरिवारको मनमुटाव सुल्झिनेछ। स्वादिष्ट भोजनको साथै नयाँ पहिरन पनि मिल्ने योग छ। आफन्तको जमघटले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी वा पेशामा मनोबल बढ्नेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। प्रेम सम्बन्धमा छोटो मिठो यात्रा रहन सक्ला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा सकरात्मक रहने प्रयास गर्नुहोस्। व्यवसायमा इच्छाको विपरीत काम गर्नुपर्ला। नोकरी वा पेशामा मित्रको सहयोग मिल्नेछ। विद्यार्थीहरूलाई वैदेशिक शिक्षाको लागि सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।