२०८२ फाल्गुन २१ बिहीबार
२०८२ फाल्गुन २१ बिहीबार
 
 

राज्यले अर्बौँ लगानी गरेर निर्माण गरेका विमानस्थलको वार्षिक आम्दानी ४७४ रुपैयाँ भन्ने सुन्दा अचम्म लाग्न सक्छ तर खोटाङको लामिडाँडा विमानस्थलले सन् २०२४ मा गरेको आम्दानी यति नै हो। 

स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर निर्माण थालेका यो विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ६ करोड ७६ लाख ९३ हजार रुपैयाँ लागतमा धावनमार्ग कालोपत्र गरेको थियो। 

विमानस्थलमा २०७६ असार ३ गते परीक्षण उडानसमेत गरिएको थियो। कच्ची अवस्थामै करिब ४८ वर्ष सञ्चालनमा रहेर कुनै बेला वार्षिक लाखौँ रकम आम्दानी गरेको योविमानस्थलमा अहिले पनि नियमित कर्मचारीले काम गर्छन् तर पछिल्लो एक वर्षमा ४७४ रुपैयाँ मात्रै आम्दानी भएको हो।

लामिडाँडा मात्रै होइन, अहिले देशभर कालोपत्र धावनमार्ग भएका सुविधायुक्त नौ विमानस्थलको अवस्था त्यस्तै छ। यी  विमानस्थलको धावनमार्ग कच्ची हुँदा सञ्चालन हुने गरेका थिए। तर धावनमार्ग कालोपत्रे भएपछि उडान ठप्प छन्। 

बागलुङ विमानस्थल, बैतडी, रुकुमको चौरजहारी, डोटी, खोटाङको लामिडाँडा, मनाङ, डोल्पाको मसिनेचौर, रुम्जाटार र कालीकोटको सुनथराली विमानस्थलका धावनमार्ग कालोपत्रे छन्, प्राविधिक र कर्मचारी गरेर कम्तीमा पाँचजनाले दैनिक कामगर्दै आएका छन्। तर ती विमानस्थलमा जहाज अवतरण नहुने भएपछि विमानस्थलमा राज्यले गरेको आम्दानी लाभ लिन सकिएको छैन।

‘सहज हवाई यात्राका लागि मुलुकका अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तारका लागि निर्माण गरिएका उड्डयन पूर्वाधारको प्रभावकारी उपयोग नहुँदा राज्यले लगानीको प्रतिफल प्राप्त गर्न सकिरहेको छैन’, प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘राज्यसँग साना जहाजको कमी भएकै कारण अहिले नियमित उडान हुन सक्ने ठाउँमा समेत उडान हुन नसक्दा आम्दानी गुमिरहेको छ।’ जहाजको अभाव, महँगो हवाई भाडा, दुर्गममा उडानमा प्रतिस्पर्धा नभएकै कारण तयारी अवस्थाका विमानस्थलबाट समेत आम्दानी हुन नसकेको उनको भनाइ छ। गोरखापत्र दैनिकमा समाचार छ

 
 

नेपाली बजारमा आज सुनको मूल्य घटेको  छ ।

आज सुन तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बुधबार सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३७ पैसा, स्विस फ्र्यांक एकको खरिदर १५२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५३ रुपैयाँ १७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रुपैयाँ २९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर आठ रुपैयाँ ८९ पैसा र बिक्रीदर आठ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ पाँच पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८ रुपैयाँ ६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ ११ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७८ पैसा, मलेसियन रिंगेट एकको खरिदर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिदार नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ २७ पैसा र बिक्री दर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ ।\

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिदर ४४७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिदर ३६६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६८ रुपैयाँ नौ पैसा, ओमनी रियाल एकको खरिदर ३५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६० रुपैयाँ ४४ पैसा तथा भारतीय रुपैयाँ १०० को खरिदर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

पर्सा । उमेरले ५५ वसन्तपार गरेर बुढ्यौलीले छोएपनि मूर्तिकार बलिराम पण्डितको जोशजाँगर भने कुनै तन्नेरीको भन्दा कम छैन । विगत ३० वर्षदेखि उनका हातले देवदेवताका विभिन्न स्वरुप र आकृति भएका मूर्ति बनाउँदै आएका छन् । यतिबेला उनलाई आफ्नो जीवनभरकै सबैभन्दा बढी मूर्ति बनाउने अवसर जुरेको छ ।

वीरगञ्ज महानगरपालिका–१६ बसपार्कभन्दा झण्डै दुई किलोमिटर दूरीमा अवस्थित विश्रामपुर गाउँपालिका–५ मा आयोजना हुन लागेको श्री श्री १००८ महाशिवरात्री महामहोत्सव महायज्ञ २०८१ मा पण्डित नेतृत्वको टोलीले एक हजार ११ वटा देवदेवताका मूर्ति बनाउने जिम्मेवारी पाएको छ ।

‘विगत ३० वर्षदेखि विभिन्न स्वरुप र आकृतिका देवदेवताका प्रतिमा बनाउँदै आइरहेको थिए’, पर्साको विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठ्ठाका पण्डितले भने, ‘पहिलो पटक एक हजार ११ वटा देवदेवताको मूर्ति बनाउने अवसर पाउँदा मनमा छुट्टै उमङ्ग र उत्साह थपिएको छ ।’ उनलाई बनाउन १८ जना कालिगड सहयोगीका रूपमा डेढ महिनादेखि खटिरहेका छन् ।

मूर्तिकार पण्डितले एक हजार ११ मध्ये विभिन्न भगवानका लिला समेट्निे खालका मूर्ति तयार पारिने जानकारी दिए । रामलिला, कृष्णलिला, शिवलिला, ५२ अवतार, सूर्य लिला, कुरुक्षेत्र, हुनमानका लिला, भिष्मपीता, लङ्कालगायत एक हजार ११ मूर्ति तयार पारिने भन्दै पौराणिक कथा तथा ग्रन्थका गतिविधिलाई मूर्तिमा समावेश गर्न लागिएको उनले बताए। मूर्तिकार पण्डितले सामान्यता सानो मूर्तिको रु एक हजार पाँच सयदेखि रु पाँच हजार मूल्य पर्ने भन्दै सोही अनुसार मूर्ति बनाउन लागिएको उल्लेख गरे । उनले एक हजार ११ मूर्ति बनाउन करिब रु २५ लाख रकम लाग्ने अनुमान गरे ।

‘माटोलाई कुदेँर भगवानको आकार बनाउँदा छुट्टै आत्मसन्तुष्टि मिल्छ’, पण्डितले भने, ‘हामी पुस्तौदेखि यही काम गर्दै रमाइरहेका छौँ । यही माटोबाट हुने कलात्मक आकृतिका कारण पाँच जनाको परिवारलाई हाँसीखुसी पाल्दै आइरहेको छु ।’ उनले सबै खर्च कटाएर वार्षिक रु चार लाखसम्म बचत हुँदै आएको जानकारी दिए। पण्डितले मूर्ति बनाएरै तीन छोरी र दुई छोरालार्ई उच्च शिक्षा दिँदै आइरहेको बताए । ‘विगतमा मैलै २१, ५१, एक सय एक, दुई सय एक संख्यामा मूर्ति बनाएको थिए’, उनले भने, ‘यतिधेरै मूर्ति भने पहिलो पटक बनाउन लागेको हुँ ।’

महामहोत्सव महायज्ञ मूल व्यवस्थापन समितिका अनुसार महायज्ञ आगामी माघ २४ गतेदेखि फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । मूल व्यवस्थापन समितिका सदस्य सुमित यादवले महायज्ञमा एक हजार ११ मूर्ति बनाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘महायज्ञ सामाजिक कार्य गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो’, उनले भने । महायज्ञ प्रसारप्रसार समितिका संयोजक राज सर्राफले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । महायज्ञमार्फत सामाजिक कार्य गर्नुका साथै धार्मिक पर्यटन प्रवद्र्धन हुने विश्वास लिइएको उनले बताए । 

 
 

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ ।

यस्तै, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियालको भाउमा पनि बढोत्तरी देखिएको छ । युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्यांक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, मलेसियन रिंगेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनरको मूल्य भने घटेको छ । त्यस्तै, केही विदेशी मुद्राको भाउ भने स्थिर छ ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ६८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा, स्विस फ्र्यांक एकको खरिददर एक सय ५२ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९६ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ०२ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८९ पैसा र बिक्री दर ०८ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३० पैसा र बिक्री दर १९ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

बङ्गलादेशी वैज्ञानिकहरूले गत हप्ता समुद्र तटमा बगाएर फेला परेका ८० भन्दा बढी कछुवाको मृत्युको अनुसन्धान गरिरहेको सरकारी समुद्री अनुसन्धान संस्थानले बिहीबार बताएको छ ।

ओलिभ रिडले समुद्री कछुवा तुलनात्मक रूपमा सानो र प्रचुर प्रजाति हो । यो विश्वभरको उष्णकटिबन्धीय पानीमा पाइन्छ र जङ्गलमा ५० वर्षसम्म बाँच्न सक्छ ।तर तिनीहरूको सङ्ख्या घट्दै गएको छ र यस महिनाको सुरुमा नजिकैको दक्षिण भारतमा समेत यिनीहरूको सामूहिक मृत्यु भएको थियो ।

तटमा फेला परेका कछुवामध्ये ८० प्रतिशतभन्दा बढी फुल पार्न किनारमा आएका बङ्गलादेश समुद्रशास्त्र अनुसन्धान संस्थानका मोहम्मद शिमुल भुइयाँले बताए । ‘हामीलाई कारण निर्धारण गर्न थप समय चाहिन्छ’, उनले भने ।

मलेसियास्थित समुद्री अनुसन्धान संस्था वल्र्डफिसका वैज्ञानिक सरिफ उद्दिनले यसको सम्भावित कारण अत्यधिक माछा मार्ने र समुद्र सफा गर्ने ट्रलर जालको प्रयोग भएको बताए ।

‘कछुवाहरू सास फेर्न पानीमा तैरन्छन् तर एकचोटि तिनीहरू माछा मार्ने जालमा फसेपछि तिनीहरू धेरै लामो समयसम्म पानीमुनि रहन्छन् र दम फुट्छ, उनले भने, यो दुःखद छ कि तिनीहरू यहाँ प्रजनन गर्न आउँछन् र मर्छन् ।’

बङ्गलादेश मरिन फिसरिज एसोसिएसनका आबिद हुसेनले कछुवाको जनसङ्ख्यामा आएको अवरोधले स्थानीय समुद्री पारिस्थितिकी प्रणालीमा गम्भीर क्षति पुग्ने जोखिम रहेको बताए ।

‘गत वर्ष समुद्री पानीमा जेलिफिसको वृद्धिका कारण समुद्री माछाको उत्पादन आधा भएको थियो, उनले भने, कछुवाहरूले जेलिफिस खान्छन्, जसले माछाका लार्भाहरूलाई बाँच्न मद्दत गर्छ । यदि हामी हाम्रो माछाको भण्डार टिकाउन चाहन्छौँ भने हामीले कछुवाहरूलाई बचाउनुपर्छ ।’

काठमाडौं । बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर आकाशमा ठोक्किएर भएको दुर्घटनाका परेका यात्रुको उद्दार कार्य जारी रहेको अधिकारीले बताएका छन्।

आकाशमा दुर्घटना भएपछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुको खोजी कार्य भइरहेको तर रातको समय, पानी र चिसो मौसमका कारण उद्धार कार्य गरिरहेका उद्धारकर्मीहरूले ’अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीले रेगन नेसनल एयरपोर्टमा पत्रकारसँगको प्रश्नको जवाफ दिने क्रममा बताए ।

उनले भने, ‘करिब ३०० आपतकालीन उद्धारकर्ताले पोटोम्याकमा खोजी गरिरहेको तर उच्च हावा, रातको समयमा कम दृश्यता, चिसो मौसम र धमिलो पानीका कारण उद्धारमा कठिनाई भइरहेको छ ।’ स्थानीय समयअनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एयरपोर्ट नजिकै दुर्घटना भएको विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए । त्यसैगरी हेलिकप्टरमा तीन जना रहेका थिए । 

 
 

जेरुसेलम । प्यालेस्टिनी लडाकू समूह (हमास)ले इजरायली महिला बन्धक अगम बर्जरलाई बिहीबार सुपुर्दगी गरेको छ । 

गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत तीन इजरायली र पाँच थाई बन्दीलाई बिहीबार रिहा गर्ने योजना अनुसार नै उनलाई रिहा गरिएको हो । अन्य दुई इजरायली र पाँच थाई बन्धकलाई पनि आजै रिहा गरिनेछ ।उत्तरी गाजा पट्टीको जबालियाको एक मञ्चमा हमास लडाकुहरूले परेड गरेपछि सैन्य पोशाकमा सजिएका बर्जरलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरिएको थियो।  इजरायली सेनाले बर्जर इजरायल फर्किएको र उनको ‘प्रारम्भिक स्वास्थ्य परीक्षण’ पछि परिवारको जिम्मा लगाइने बताएको छ । 

यसअघि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बिहीबार रिहा हुने तीन जना इजरायलीहरू आर्बेल येहुद, बर्जर र गादी मोसेस रहेको जनाएको थियो । 

हमास र सहयोगी लडाकू समूह इस्लामिक जिहादका स्रोतहरूले जबालिया शरणार्थी शिविर र खान युनिसमा हुने बताएको बन्धक आदानप्रदानको औपचारिक कार्यक्रम अघि इस्लामिक जिहाद समूहले मोसेस र येहुदले एकअर्कालाई अँगालो हालेको र मुस्कुराइरहेको भिडियो फुटेज प्रसारण गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले विभिन्न संघ, संस्था र देशहरुलाई दिँदै आएको अनुदान, सहयोग र ऋणमा रोक लगाउनका लागि जारी गरेको कार्यकारी आदेशलाई अमेरिकाको संघीय अदालतले रोक लगाएको छ ।

ट्रम्पले जारी गरेको कार्यकारी आदेश मंगलबारबाट लागू हुने भनिएको थियो । तर, यो आदेश लागू हुनुभन्दा केही मिनेट अगाडि अदालतले यो आदेशमा अस्थायी रोक लगाएको हो । ट्रम्पले जारी गरेको आदेशले अमेरिकी सरकारले नेपाललाई दिने ठूलो आर्थिक सहयोग रकम पनि रोकिने अवस्था थियो ।

अमेरिकी सरकारको तर्फबाट सहयोग पाउने संस्थाहरुको प्रतिनिधित्व गर्दै अमेरिकी संघीय अदालतमा दायर गरिएको रिटमा सुनुवाइपछि अदालतले ट्रम्पको आदेशमा अस्थायी रोक लगाएको हो । न्यायाधीश लोरेन अली खानले सुनुवाइपछि राष्ट्रपतिको आदेश अमेरिकी पूर्वीय समयअनुसार आगामी सोमबार अपरान्ह ५ बजेसम्म लागू नगर्न आदेश दिएका हुन् ।

अदालतमा दायर गरिएको रिटमा अमेरिकी सरकारको तर्फबाट पहिल्यै स्वीकृत भइसकेका सहयोगहरु रोक्ने राष्ट्रपतिको आदेशले कानुनको उल्लंघन गरेको दावी गरिएको थियो । न्यायाधीश अली खानले आफ्नो आदेशले यो रिटमाथि अर्को सुनुवाइअघि कुनै पनि लाभकारी योजना नरोकिने सुनिश्चित गर्ने बताइन् ।

यो रिटमाथि सुनुवाइ आगामी सोमबारका लागि तय गरिएको छ । र, न्यायाधीशले त्यही दिन साँझ ५ बजेसम्म राष्ट्रपतिको आदेश कार्यान्वयन नगर्न आदेश दिएकी छिन् । अब आगामी सोमबारको सुनुवाइपछि ट्रम्पको आदेश रोकिने वा लागू हुने भन्ने छिनोफानो हुन सक्छ ।

काठमाडौं । इजरायलले हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी सकुशल रहेको बताएको छ । गाजामा इजरायल र हमासबीच युद्ध रोकिएसँगै नेपालीहरू विपिन जोशीको रिहाइको पर्खाइमा छन् । सरकारले उनी जीवित रहेको र चाँडै फर्कने दाबी गर्दै आएको छ ।

यसैबीच इजरायल सरकारले पनि उनी जीवित रहेको पुष्टि गरेको छ । हमासले आज रिहा गर्ने इजरायली बन्धकहरूको जानकारी दिँदै, अधिकारीहरूले नेपालका जोशी जीवित रहेको बताएका छन् । टाइम्स अफ इजरायलका अनुसार, आज रिहा हुनेमा २९ वर्षीय अर्बेल येहुद, १९ वर्षीय अगम बर्गर र ८० वर्षीय गाडी मोशे मोजेस छन् । हमासले इजिप्ट र कतारमार्फत इजरायललाई यी नाम दिएको हो । आज पाँच थाइ बन्धकहरूलाई पनि हमासले रिहा गर्नेछ, तर उनीहरूको पहिचान खुलाइएको छैन ।

द टाइम्स अफ इजरायलका अनुसार, गाजामा अझै आठ थाइ बन्धकहरू, एक नेपाली र एक तान्जानियन रहेका छन् । तर, दुई थाइ नागरिक र एक तान्जानियालीको भने मृत्यु भइसकेको छ । आज रिहाइको समय र स्थान अझै अनिश्चित छ किनभने बन्धकहरू फरक–फरक समूहको नियन्त्रणमा छन् ।

गत वर्ष १९ जनवरीमा सुरु भएको युद्धविराम र बन्धक रिहाइ सम्झौता अन्तर्गत हालसम्म सात महिला बन्धकहरू (तीन नागरिक र चार जना सैनिकहरू) रिहा भएका छन् । मोजेस यस सम्झौता अन्तर्गत मुक्त हुने पहिलो पुरुष बन्धक हुनेछन् । आज रिहा हुने तीन बन्धकको बदलामा, इजरायलले ११० प्यालेस्टिनीलाई रिहा गर्नेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।