२०८२ फाल्गुन २० बुधबार
२०८२ फाल्गुन २० बुधबार

बार्सिलोना । स्पेनमा १७ वर्षदेखि बस्दै आएका शिवप्रसाद गौतमलाई अझै पनि भाषाले अड्चन पारिरहेको छ। सुरुवाती दिनमा भाषा राम्रोसँग नपढेकोमा अहिले उनलाई पछुतो लागेको छ। उनी १७ वर्षपछि फेरि स्पेनिश भाषा सिक्न कक्षा लिइरहेका छन् ।

‘भाषाको शक्ति: लेखकसँग विशेष संवाद’, कार्यक्रममा मंगलबार बार्सिलोनामा बोल्दै गौतमले भने, ‘भर्खर स्पेनमा आउनुभएका दाजुभाइ-बहिनीहरूलाई भाषा राम्रोसँग पढ्न म अनुरोध गर्दछु। युरोपेली देशहरूमा प्रायः आ-आफ्नै भाषा हुन्छन्। जुन देशमा बस्नुहुन्छ, त्यहाँको भाषा सिक्नमा जोड दिनुहोस्।’

 

 

 

उक्त कार्यक्रममा आफ्नो नयाँ पुस्तक ‘एल एस्पान्योल’ को बारेमा लेखक रामकृष्ण पुडासैनीले महत्वपूर्ण सन्देश दिएका थिए।पत्रकार बसन्त रानाभाटसँग एक घण्टाको संवाद गर्दै पुडासैनीले २० वर्ष लामो स्पेन बसाइका अनुभवलाई पुस्तकमा उतारेको बताए ।

उनले नेपालमा रहँदा नै विश्व भाषा क्याम्पसबाट स्पेनिश भाषा सिकेको स्मरण गर्दै भने, ‘नेपालमा हुँदा स्पेनिश भाषा पढ्दै र कति पय ठाउँमा पढाउने पनि मौका पाए।त्यस बापत मैले आकर्षक पारिश्रमिक पाएको थिएँ। त्यसले मेरो भाषा सिक्न थप चासो बढायो।’

 

 

स्पेनको सालामाङ्का विश्वविद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका उनले भाषाको अभ्यासले मात्र दक्षता हासिल हुने बताए। ‘भाषा सिक्नका लागि सबैभन्दा ठूलो कुरा भनेको अभ्यास हो। लाज नमानी बोल्ने अभ्यास गर्नुपर्छ। अनुवादमा निर्भर रहनु भाषाको लागि घातक हुन सक्छ,’ पुडासैनीले थपे ।

कार्यक्रममा एनआरएनए स्पेनका अध्यक्ष पेशल कुमार कोइरालाले लेखकको भाषा प्रतिको चासोको प्रसंसा गर्दै भने, ‘पुडासैनीले स्पेनको नेपाली समुदायलाई उपहार स्वरूप प्रेरणादायी पुस्तक उपलब्ध गराउनुभएको छ।’ त्यस्तै, एनआरएनए आइसीसी सदस्य यज्ञ नारायण पौडेलले ‘एल एस्पान्योल’, पुस्तक भर्खर स्पेन आएका नेपालीहरूका लागि अत्यन्त उपयोगी हुने धारणा राखे।

स्पेन निवासी व्यवसायी तथा सामाजिक अभियन्ता दिनेशराज गिरीले भने, ‘भाषामा दक्खल भए रोजगार र व्यापारमा सहजता आउँछ। पुस्तक लेख्नु आफैँमा चुनौतीपूर्ण काम हो। लेखकलाई हामी सबैले हौसला दिनुपर्छ।’

कार्यक्रममा पुस्तकको लोकप्रियता उल्लेखनीय देखियो।दुई घण्टामै ५५ प्रति पुस्तक बिक्री भयो। साथै, नेपाली जनसम्पर्क समिति स्पेनले थप ५० प्रति पुस्तक खरिद गरी नयाँ नेपाली आप्रवासीहरूलाई निशुल्क वितरण गर्ने घोषणा गर्‍यो।

आजसम्म हामीले मानिसबीच विवाह भएको सुनिएको र देखिएको छ । तर, आज हामी एक महिलाले बिरालोसँग दुईपटक विवाह गरेको बारेमा जानकारी दिनेछौ । स्पेनमा बस्ने ४८ वर्षकी बारबेरेला बुचनरले आफ्नो विवाहको १० औं वर्षगाँठ मनाएकी छन् । उनले यो वर्षगांँठ मानिससँग नभएर दुई बिरालोसँग मनाएकी हुन् ।

वास्तवमा ती महिला पछिल्लो १४ वर्षदेखि आफ्ना बिरालाहरु स्पाइडर र लुगोसीसँग वैवाहिक सम्बन्धमा छिन् । २००४ मा बारबेरेलाले दूई बिरालोसँग विवाह गरेकी थिइन् । त्यो समयदेखि आजसम्म आनन्दले जीवन बिताएकी छिन् । बिरालालाई नै आफ्ना पति स्वीकार गरेर बसेकी छिन् ।

उनले जिन्दगीको लामो समय मानिसमा माया खोज्नमा बिताएकी थिइन् । पछि मानिससँग माया खोज्नु र गर्नु बेकार सम्झेर बिरालोसँग विवाह गरेको बताउँछिन् । उनको अनुसार बिरालोलाई जति माया गर्दा खुशी अरुबाट पाइदैन । उनले बिरालोहरुलाई एक पत्नीले गरेको जस्तै स्याहार गछिन । बिरालोसँग विवाह गर्दा नै उनले कुनै पुरुषसँग विवाह नगर्ने घोषणा गरेकी थिइन् ।

भारतको बिहार राज्यको औरंगाबादका एक जना किसानले एउटा यस्तो तरकारी खेती शुरु गरेका छन् जसको मूल्य अन्तरराष्टिय बजारमा एक लाख भारु प्रतिकिलो रहेको छ ।

यो तरकारको नाममा हो होप सुट्स । यो खानाले स्वास्थ्यका लागि एकदमै लाभदायक हुन्छ । जर्मनीमा यो खेतीको पहिलोपटक शुरुआत भएको भन्दै इन्डियन एक्सप्रेसले आफ्नो अनलाइन संस्करणमा समाचार छापेको छ ।

भारतका एक जना आईएस अफिसरले बिहीवार सवैभन्दा मंहगो र अनौठो उक्त तरकारीको तस्वीर सामाजिक सञ्जालमा ट्वीटरमा तस्वीर शेयर गरेपछि यसको यतिखेर सर्वत्र चर्चा परिचर्चा भइरहेको छ ।

उनले यसको साथै होप सुट्सको पहिलो पटक भारतमा खेती गर्ने प्रमाणपत्र तह उत्तिर्ण ३८ वर्षिय किसान अमरेश सिंहको तस्वीरसमेत शेयर गरेकि छन् । यतिखेर उक्त तस्वीर सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।

आईएस अफिसर सुप्रिया साहुका अनुसार यो खेती भारतीय किसानको लागि गेम चेन्जर सावित हुन सक्छ । कृषक अमरेश सिंहले काशीस्थित भारतीय सब्जी रिसर्च इष्टिच्यूटको कृषि विज्ञको रेखदेखमा यो खेतीको शुरुवात गरेका हुन् । उनले शुरुवात रुपमा पाँच कट्ठा जग्गामा उक्त खेती गरेका छन् ।

होप सुट्सको प्रयोग गरेर बनाएको औषधीले क्षयरोगको उपचार हुने बताइएको छ । यसको अलावा यसको फूलबाट रक्सी पनि बनाउन सकिनेछ । त्यसैगरी यसको डाँठ तरकारीका लागि प्रयोग गर्न सकिन्छ ।

यसको खासगरी यूरोपियन मुलुकमा अत्याधिक माग रहेको छ । जर्मनी,ब्रिटेन, आयरल्याण्ड, स्कटल्याण्ड लगायतका मुलुकका नागरिकले यसको तरकारी प्रयोग गर्न अत्याधिक रुचाउने गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यो तरकारीमा एण्टिबायोटिक अत्याधिक मात्रामा पाइने बताइएको छ ।

यसको सेवन गर्नाले दाँतको दुखाई कम हुने तथा क्षयरोगको विरामीका लागि पनि लाभदायक हुने बताइएको छ । यसको प्रयोग तरकारी खान, काँचै खान, सलादको रुपमा प्रयोग गर्न तथा अचार बनाउन पनि सकिने बताइएको छ । एजेन्सीहरु

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ।

मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मोरोक्कोको एक अस्पतालमा हालिमा सिसे नामकी महिलाले पाँच छोरी र चार छोरालाई एकैसाथ जन्म दिएको उल्लेख गरेकी छन्। सिसेको मंगलबार अप्रेशन गरिएको थियो।

यसअघि गरिएको अल्ट्रासाउन्डमा उनको पेटभित्र सात वटा बच्चा रहेको देखिएको थियो। उनको पेटमा त्यति धेरै बच्चा रहेको कुराले मालीका नेताहरूको ध्यान तानेको थियो। डाक्टरहरूले उनलाई विशेष विशेषज्ञता चाहिने बताएपछि मालीका अन्तरिम राष्ट्रपतिले सरकारले खर्च व्यहोर्ने गरी उनलाई मोरोक्को पठाएका थिए।

मालीको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म सबै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो छ। तर उनीहरू केही सातापछि मात्रै घर फर्किन सक्नेछन्।

मोरोक्कोको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने आफ्नो देशको अस्पतालमा एकै आमाले त्यति धेरै बच्चा जन्माएको आफूलाई जानकारी नभएको बताएका छन्।

डाक्टरहरूले एकै पटक नौ बच्चा जन्मिनु दुर्लभ घटना भएको भन्दै आमा र सबै बच्चाहरूलाई बचाउनु चुनौतीपूर्ण हुने बताएका छन्।

जापानका ३९ बर्षीय ताकाशी मियागावाले एक पछि अर्को गर्दै ३५ जना प्रेमिका बनाए । तर न्यूयोर्क पोस्टमा प्रकाशित रिपोर्ट अनुसार, प्रहरीले यी जापानी युवालाई एकै साथ ३५ जना प्रेमिका बनाएर सम्बन्ध राखेको आरोपमा पक्राउ गरेको छ ।

खासमा यी युवालाई प्रेमिका बनाउने लत बसेको थियो । कारण उनलाई जन्मदिनको अवसरमा पहिलो प्रेमिकाले उपहार दिइन् । जसका कारण उनमा उपहार लिने इच्छा जाग्यो र लगातार प्रेमिका बनाउन थाले । उनी आफ्ना सबै प्रेमिकालाई फरक फरक मितिमा आफ्नो जन्मदिन रहेको बताउदै आएका थिए ।

मियागावाले जति नयाँ प्रेमिका बनाउदै गए पनि आफ्ना पुराना कुनै प्रेमिकालाई छाडेनन् । उनी सबैलाई डेट गर्दथे । जो केवल मंहगा उपहार लिनकालागि उनले बनाएका थिए । मियागावा एक मार्केटिंग कम्पनीमा पार्ट टाइम काम गर्दथे । उनी घर घर पुगेर सामान बेच्दथे । यहीँबाट यी सबै युवतीसंग उनको भेट भएको थियो ।

उनको कर्तुतको खुलासा तब मात्र भयो जब उनका ३५ प्रेमिका मध्ये एकलाई उनीमाथि शंका भयो र प्रहरीमा उजुरी गरिन् । प्रहरीले पक्राउ गरेपछि उनको सबै कुराहरुको खुलासा भयो । मियागावाले सबै युवतीलाई विवाहको वचन दिएका थिए । अहिले उनी जापानी रोमियोको नामबाट चर्चित त छन् तर जेलमा छन् ।

दक्षिण अफ्रिकाकी एक महिलाले १० बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेको भनेर प्रचारित समाचार गलत पुष्टि भएको छ।

बीबीसीका अनुसार बीबीसीसमेतले एकैपल्ट १० बच्चा जन्माएको भनेर रिपोर्टिङ गरिएकी महिला गोसिआमे सिथोल गर्भवती समेत नभएको आधिकारिक अनुसन्धानबाट खुलेको छ।

अहिले ३७ वर्षीया ती महिलालाई अनुसन्धानको दायरामा आएको र मानसिक स्वास्थ ऐन अन्तर्गत नियन्त्रणमा लिइएको बीबीसीले जानकारी दिएको छ।

प्रेटोरियाको एक अस्पतालमा गोसिएम थमारा सिथोल नामकी महिलाले तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएको बताइएको थियो।

दक्षिण अफ्रिकी अनलाइन मिडिया इन्डिपेन्डेन्टको स्वामीत्वमा रहेको प्रीटोरिया न्युजले सबैभन्दा पहिले यो समाचार जुन ८ मा प्रकाशन गरेको थियो। जुन ७ मा स्टेब बुकु अकाडेमिक अस्पतालमा बच्चा जन्मिएको भनिएकोमा अस्पतालले समेत असत्य भनेको छ।

उक्त अस्पतालमा मात्रै होइन दक्षिण अफ्रिकी प्रान्त गाइटिङभरीका कुनै पनि अस्पतालमा एउटै आमाबाट १० बच्चा जन्मिएको पत्ता नलागेको बीबीसीले लेखेको छ। समाचार गलत भए पनि यसरी कुप्रचार गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन ।

काठमाडौं । अस्ट्रेलियाले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा रोक लगाएको छ । विश्वका अन्य मुलुकले समेत अँगाल्नसक्ने ठानिएको विधेयक बिहीबार पारित भएर कानुन बनेको हो ।

एक हप्ताअघि मात्र पेस गरिएको विधेयकलाई विपक्षी दलले समेत समर्थन गरेसँगै कानुन बनेको हो । यो कानुन अनुसारको प्रतिबन्ध सन् २०२५ को नोभेम्बरदेखि लागु हुने अपेक्षा गरिएको छ ।

यसबीच, सामाजिक सञ्जाल प्लेटफर्ममा नाबालिगको पहुँच रोक्न अस्ट्रेलियाले उमेर प्रमाणीकरण सुनिश्चित गर्ने प्रणाली बनाउने भएको छ । यसका लागि सामाजिक सञ्जालमा अकाउन्ट खोल्न बायोमेट्रिक वा राष्ट्रिय परिचयपत्रबाट वास्तविक विवरण प्रयोग हुने बताइएको छ ।

यो नियम उल्लंघन गर्ने कम्पनीले २ करोड २० लाख डलरसम्मको जरिबाना तिनुपर्ने गरी कानुन बनाइएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र विश्व धनाढ्य एलन मस्कबीच शुक्रबार भर्चुअल कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत मस्कसँग भिडियो कुराकानी भएको सार्वजनिक गरेका छन् ।

नेपालमा एलन मस्कले सूचना प्रविधिको व्यापार गर्न खोजिरहेको र यस अघि ओलीलाई नै भेटेर डेमोसमेत देखाइसकेकोले ओलीसँगको कुराकानीले औपचारिक रुपमकै स्टार लिंकलाई भित्र्याउन खोजिएको अथ्र्याइएको छ ।

नेपालमा मस्कको कम्पनी स्टारलिंकले इन्टरनेट सेवा विस्तार गर्न उच्च सरकारी नेतृत्वबाटै सहमति लिएर जान यस अघि पटकपटक पहल गरिसकेको छ ।

स्टारलिंकका प्रतिनिधिले समेत प्रधानमन्त्री, सञ्चार मन्त्रीदेखि नेपाल दूरसञ्चार प्राधिकरणका नेतृत्वसमक्ष नेपालमा इन्टरनेटको विस्तार गर्न खोजेको विषयमा पटक पटक छलफल गरेरेर स्टारलिंकले कसरी काम गर्छ र नेपालमा आउन किन चाहन्छ भन्ने सहितको विषयमा डेमो देखाइसकेको छ।

स्टारलिंकका प्रतिनिधिले गत कात्तिक १० गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसको सेवा र सुविधाका विषयमा डेमो देखाएका थिए । स्टारलिंकले नेपालमा आफ्नो फ्रिक्वेन्सी आउँदा २० प्रतिशत स्थानीय लगानीको शर्त हटाएर सहजीकरण गरिदिन प्रस्ताव गरेको छ ।

स्टारलिंक नेपालमा स्थानीय साझेदारबिना नै आउन जोडबल गरिरहेको छ । यसका लागि नेपाल दूरसञ्चार ऐनमा भएको २० प्रतिशतको स्थानीय साझेदार हुनैपर्ने व्यवस्था परिवर्तन गर्नुपर्ने शर्तसमेत अगाडि तेर्साइरहेहेको छ । यो कम्पनीले बिना साझेदार शतप्रतिशतको विदेशी लगानीमा नेपाल भित्रन चाहेको र सोही विषयमा लविइङ गरिरहेको सञ्चार मन्त्रालयकै अधिकारीले बताएका छन् ।

स्टारलिंकका प्रतिनिधिले प्रधानमन्त्री तहदेखि मन्त्रालयतहसम्म विभिन्न चरणमा छलफल अघि बढाइरहेका छन । ‘दूरसञ्चार ऐनमा भएको २० प्रतिशतको स्थानीय साझेदारको व्यवस्था परिवर्तन गरेर शतप्रतिशत आफ्नो स्वामित्वमा भित्रन लविइङ गरिरहेको सञ्चार मन्त्रालयका उच्च अधिकारीको भनाइ छ ।

नेपालमा भएकै व्यवस्थाअनुसार आउने वा शत् प्रतिशतको विदेशी लगानी गर्न पाइने अवस्थामा मात्रै आउने भन्ने विषयमा भने उसले स्पष्ट पारिसकेको छैन् ।

काठमाडौं । एप्पलले आईफोन शृंखलाको १६औँ संस्करण सार्वजनिक गरेको छ।

सोमबार राति ‘एप्पल इभेन्ट’मार्फत कम्पनीले अत्याधुनिक डिजाइन र फिचरसहितको आईफोन १६ अनावरण गरेको हो।

एप्पलका प्रमुख कार्यकारी टिम कुकले आईफोन १६ ले रोमाञ्चक नवयुगको सुरुवातको झल्को दिने दाबी गरे। नयाँ आईफोनमा एप्पल बौद्धिकताले भरिपूर्ण छ भने हार्डवेयरमा केही परिवर्तन देखिएको छ।

नयाँ आईफोन सेतो, कालो, टिल (गाढा नीलो–हरियो), एक्वामरिन (हरियो–नीलोबाट नीलो हरियो) र गुलाबी स्वरुपमा आएको छ। नयाँ आईफोन ६.१ इन्च (आईफोन १६) र ६.७ इन्च (आईफोन १६ प्लस) दुई आकारमा उपलब्ध भएको छ।

आईफोन १६ लाइन नयाँ बटनहरुसाथ आएको छ। पहिलो आफूअनुकूल पार्न मिल्ने ‘एक्सन बटन’ जसले म्युट बटनलाई प्रतिस्थापन गरी प्रयोगकर्तालाई शब्दसमूह अनुवादद्वारा जे पनि गर्न दिने वा सर्टकट प्रोग्रामिङको सुविधा जस्तो कि फ्लासलाइट बाल्ने वा क्यालेन्डर खोल्न सकिन्छ।

यसबाहेक एप्पलले फिजिकल बटन थप गरेको छ। औँला धसेर सहजै क्यामेरा खोल्न सकिन्छ।

आईफोन १६ एप्पल बौद्धिकतालाई सहयोग गर्न १७ प्रतिशत बढी सिस्टम मेमोरी ब्यान्डविथसहित आएको छ। यसमा ग्लास सेरामिक स्क्रिन छ जुन अघिल्लो मोडलको तुलनामा ५० प्रतिशत कडा र ४० प्रतिशत द्रुत जीपीयूयुक्त रहेको कम्पनीले उल्लेख गरेको छ।

नयाँ आईफोन १६ ले प्रयोगकर्तालाई केही वस्तुको जानकारी लिन सहजता थपेको छ। अर्थात् ती वस्तुमाथि क्यामेरा सोझ्याउँदा तिनबारे जानकारी मिल्छ। यसमा क्यामेरा नियन्त्रण गर्ने फिचर छ। फोनको किनारामा यसका लागि बटन छ। यसले प्रयोगकर्तालाई ‘भिजुअल इन्टेलिजेन्स’मा पहुँच दिने सफ्टवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्ष क्रेग फडरिगी बताउँछन्।

नयाँ आईफोनमा नवीनतम एआई फिचरको प्रयोग गरिएको छ। यसलाई कम्पनीले एप्पल बौद्धिकता अर्थात् एप्पल इन्टेलिजेन्स भनेको छ।

इमेल तथा मेसेजको मद्दत गर्न एआईको सहयोग लिन सकिने टुल्स यसमा राखिएका छन्। एप्पलको एआईले सिरिसँगको वार्तालापलाई अझ स्वाभाविक बनाएको छ।

अब सिरिले प्रयोगकर्ताको लिखित मेसेजबाट पनि प्रतिक्रिया दिन्छ अर्थात् आफ्ना साथीले सुझाएका गीत सुन्न र टिभी शोहरु सिरिले सम्झाउने सुविधा दिएको छ। जस्तो कि प्रयोगकर्ताले केही दिनअघिको कुनै पार्टी वा वनभोज कार्यक्रमको फोटो कसैलाई पठाऊ भन्दा सिरिले त्यो सबै खोजेर पठाउन सक्छ। आफूअनुकूलको एआईचित्रित इमोजी तथा फोटो खोज्ने क्षमतालाई अझ परिष्कृत पारिएको छ।

कति पर्छ मूल्य

नयाँ आईफोन १६ को मूल्य ७९९ अमेरिकी डलरबाट सुरु हुन्छ। त्यस्तै आईफोन १६ प्लसको सुरुवाती मूल्य ८९९ अमेरिकी डलरबाट सुरु हुन्छ।

एप्पलले पछिल्लो भर्सनको उच्चतम आईफोन प्रो ल्याएको छ। यो एप्पल इन्टेलिजेन्सका लागि नै डिजाइन गरिएको छ। गत वर्षको मोडलहरुभन्दा ०.२ इन्च ठूलो आकारमा आईफोन १६ प्रो लाइन आएको छ। इन्ट्रि लेभलको प्रो ६.३ इन्च र प्रो म्याक्स ६.९ इन्चको छ। ठूलो डिस्प्ले, पातलो बोर्डर, लामो समय टिक्ने ब्याट्रीका साथ नयाँ फोन अनावरण भएको छ। यसमा एप्पलकै ए१८ चिप एप्पलको नयाँ एआई टुल्सलाई सहयोग गर्ने गरी डिजाइन गरिएको छ।

नयाँ फोनबाट प्रयोगकर्ताले एक सेकेन्डमा १२० फ्रेम फोरके रिजोलुसनमा शुट गर्न सक्छन्। एउटा क्लिप रेकर्ड गरिसकेपछि भिडिओलाई स्लोमोसनमा रुपान्तरण समेत गर्न सकिन्छ। छुट्टै सेटिङ मिलाइरहनुपर्दैन। यसमा अनावश्यक ध्वनि काटेर अडिओ रेकर्डिङको सुविधा छ। नयाँ एप्पल आईफोन १६ प्रो ९९९ अमेरिकी डलरबाट सुरु हुन्छ। आईफोन १६ प्रो म्याक्स भने १ हजार १९९ अमेरिकी डलरबाट सुरु हुने सोमबार कम्पनीले जनाएको छ।

आगामी शुक्रबारबाटै कम्पनीले दुवै मोडलको अग्रिम बुकिङ खुल्ला गर्ने जनाएको छ। यो भनेको अघिल्लो आईफोन १५ प्रोकै मूल्यबराबर हो। आईफोनबाहेक कम्पनीले एप्पल वाच, एयरपड पनि सार्वजनिक गरेको छ।

काठमाडौं । एप्पलले आज (९ सेप्टेम्बर) आइफोन १६ सिरिज सार्वजनिक गर्ने भएको छ । ‘इट्स ग्लोटाइम’ शीर्षकमा नेपाली समयअनुसार राति १०ः४५ देखि​ हुने एप्पल इभेन्टमार्फत कम्पनीले आइफोन-१६ सँगै ​एप्पल वाच, एयरपड्स लगायतका डिभाइस सार्वजनिक गर्ने भएको हो ।

आइफोन-१६ मा महत्त्वपूर्ण सफ्टवेयर सुधार र नयाँ एआई सुविधाहरू समावेश हुने अनुमान छ । यस अन्तर्गत फोनमा च्याटजीपीटी इन्टिग्रेसनदेखि एआईमैत्री सिरीसम्मका सुविधा हुने बताइएको छ ।

यस संस्करणका आइफोन मोडेलहरू नयाँ स्क्रिन प्रविधि, ठूलो साइजको डिस्प्ले, शक्तिशाली चिपसेट र सुधारिएको क्यामेरा प्रणाली सहित आउने खबर बाहिरिएका छन् । साथै ब्याट्री क्षमता र पर्फमेन्समा पनि महत्त्वपूर्ण सुधार हुने बताइएको छ ।

आइफोन-१६ मोडेलहरूमा शक्तिशाली ए१८ चिप समावेश हुनेछ, जसले एप्पल इन्टेलिजेन्ससँग काम गर्नेछ । सबै आइफोन-१६ मोडेलहरूमा नयाँ आईओएस १८ अपडेटको सपोर्ट रहनेछ । एप्पलले आईफोन १६ प्रो र प्रो म्याक्सको डिस्प्ले केही ठूलो बनाउने छ । त्यस्तै चार ओटै मोडेलहरूमा फोटो खिच्नका लागि नयाँ क्याप्चर बटन समावेश हुनेछ ।

आइफोन-१६ प्रो र आइफोन-१६ प्रो म्याक्समा फाइभ एक्स टेलिफोटो लेन्स हुने चर्चा छ । यसका अतिरिक्त क्यामेरामा नयाँ ए‍न्टी-रिफ्लेक्टिभ प्रविधि समावेश हुने सम्भावना छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।