गुल्मी । नेपाल प्रेस युनियन गुल्मी अहिले निकै चर्चामा छ । गत साउन ४ गतेको अधिवेशनबाट नवनिर्वाचित पत्रकार सुमन महताराकाे नेतृत्वको कार्यसमितिका क्रियाकलापले युनियनकाे चर्चा चुलिएको हो ।
गुल्मीको मालिका गाउँपालिका-५ छापहिलेका सुमन महतारा उमेरले मात्रै २४ वर्ष पुगे । उनले सदरमुकाम तम्घासमा रहेर पत्रकारिता गर्न थालेकाे यहीँ साउन पहिलो हप्ता मात्रै पाँच वर्ष पुग्यो । पाँच वर्षे पत्रकारिताले महतारालाई पत्रकारमा मात्र सीमित राखेन । उनी लाेकतान्त्रिक पत्रकारहरुकाे साझा संस्था नेपाली काँग्रेसकाे शुभेच्छुक संस्था नेपाल प्रेस युनियन गुल्मीको नेतृत्वमा पुगे ।
प्रेस युनियनमा हालसम्म यस्तो कुनै इतिहास थिएन, जून २४ वर्षीय युवाले युनियनकाे जिल्ला नेतृत्व हाँक्नु । जसको कारण पनि प्रेस युनियनमा अहिले खुसीयाली छाएको छ ।
पुस्ता हस्तान्तरणमा कठिनाइ भइरहेका बेला महतारालाई नेतृत्वकाे जिम्मेवारी लिन कठिनाइ थियो । तर, उनी रत्तिभर बिचलित भएनन्, डटेर लडिरहे । जसको कारण ५९ युनियनकर्मी रहेको गुल्मीलाई नेतृत्व गर्ने जिम्मेवारी पाए ।
सामुदायिक रेडियो स्काईबाट पत्रकारिता सुरु गरेका महतारा रेडियो रेसुङ्गा, गुल्मी साप्ताहिक पत्रिका हुँदै राष्ट्रिय मिडिया मध्यान्ह राष्ट्रिय दैनिक पत्रिका र माउन्टेन टेलिभिजनमा पनि पत्रकारिता गरिरहेका छन् । लाइभ गुल्मी डिजिटल पत्रिकाका संचालक समेत रहेका सुमन महतारा सेताेमसी डटकममा सह-समपादककाे भूमिकामा समेत रहेका छन् ।
उनको पत्रकारिता कहिल्यै नेतामुखी रहेन, जनतामुखी पत्रकारितालाई केन्द्रमा राखे । समाचार लेखेका भरमा अदालतकाे लडाइँ लडेका सुमनले मुद्दा जितेर पत्रकारितामा थप विश्वास र जिम्मेवारीपन थपे ।
नेपाल प्रेस युनियन गुल्मीको नवाैं जिल्ला अधिवेशनबाट सर्वसम्मत निर्वाचित सुमन महताराले आफू पद ओगट्न मात्र नआएको बताए । उनी भन्छन्, ‘केही नगर्न त जसको नेतृत्व भए पनि भयो, हामी त केही गर्न नेतृत्वमा आएका हौं । युनियनकर्मीलाई युनियनको अनुभुती र आम सर्वसाधारणमा क्रियाशीलता र स्वच्छ पत्रकारिताको आभास गराउने हो ।’ उनले पत्रकारितामा रहेको फाेहाेरलाई फाल्ने अभियान चलाउने पनि बताए ।
उनी मात्र नभई उनको नेतृत्वमा निर्वाचित कार्यसमिति निकै क्रियाशील रहनुले थप नेतृत्वलाई अब्बल बनाएको छ । सुमन महतारा अध्यक्ष रहेको नेपाल प्रेस युनियन गुल्मीकाे उपाध्यक्षमा प्रकाश घिमिरे र दिपक नेपाली, सचिवमा सागर भण्डारी, काेषाध्यक्षमा नवीन कार्की, सहसचिवमा चन्द्रकला राना र अनिल खत्री रहेका छन् । त्यस्तै सदस्यहरुमा भुवन भुसाल, अनिष पन्थी, भुवन काफ्ले, पुजा बिश्वकर्मा, गंगु कुँवर मगर, माधव खरेल, कविराज भुसाल, माेहन गाैत, सुरज कार्की, दधिराम भुसाल, रमेश पन्थी, सन्तोष महतारा र दिपा पन्थ रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिले विधान अनुसार रहेर कार्यक्रमहरु गर्दै जाने र युनियनलाई थप जिम्मेवारपन बनाउने गरि अगाडि बढिरहेको सचिव सागर भण्डारी बताउँछन् । उनले आफूहरूले पहिलो कार्यसमितकाे बैठकबाट निर्णय गरेबमोजिम जिल्लाका विभिन्न स्थानमा युनियनकर्मीले एक सय विरुवा राेपेकाे बताए । उनले केही दिन भित्रै सदरमुकाम तम्घासमा कार्यालय स्थापना हुने पनि बताए । पहिलो कार्यसमिति बैठकका सबै निर्णय कार्यान्वयनपछि युनियनले थप छलफल गरेर अगाडि बढ्ने सचिव भण्डारीले बताएका छन् ।
पत्रकारहरुको पेशागत हकहीत सगैं श्रमजीवि पत्रकारहरुका सवाललाई उच्च प्राथमिकता दिँदै संगठनलाई समेत सुदृढ बनाएर लैजाने आफुहरुको प्रमुख ध्येय रहेको भण्डारीले बताए । पत्रकारलाई नविनत प्रविधिसंग जोड्दै उनीहरुको सीप र दक्षता अभिवृद्धिका लागि समेत यो समितिले सक्रिय रुपमा काम गर्ने उनको भनाई छ ।
अहिले तम्घास बजारको सडक चौडा गर्ने काम भइरहेको छ । खाल्डा-खुल्डीको सास्ती भोगेका नागरिक खुसी छन् । तर, सडक चौडा गर्दा पेटी भत्किएका घरबेटीहरु भने मुर्मुरिएका छन् । केहि समय अवरोध र आलोचना निकै भयो । काम गर्न खोज्नेहरुलाई सजिलो त पक्कै छैन् । अरुका समाचार देखेर आनन्द आउँछ ।
आफ्नै समाचार बन्दा बसिटिक्न हुँदैन् । समाजमा अरुको भ्रष्टचार बाहिरिएको, अख्तियारले अर्कैलाई छापा मारेको र आफु बिग्रिएको भन्दा अर्को बनेकोमा पिरलो धेरै छ । काठमाण्डौमा बालेनले घरमा डोजर लगाउँदा वाइवाई गर्ने साहुजीहरु अहिले नगरका मेयर सापको सत्तोसराप गरेर बसेका छन् । काठमाण्डौमा मिचिएको टुकुचाको चर्चा गर्नेहरु तम्घास बजारको खोला नाप्न थालेपछि अझ कसो गर्ने होलान् । पार्टीका मान्छेपनि उस्तै छन् । बालेन र हर्कका समाचार शेयर गर्छन् । तर, तम्घासको उध्रेको सडक र पोखिएको कालोपत्रेसंग राजनीति गरिरहेका छन् ।
गणतन्त्रपछि नागरिक कर्तव्यको अवसान भयो । किनकी नागरिकले अधिकारका बाहेक कुरै गर्दैन् । अहिले कर्मचारी र जनप्रतिनिधी आलोचना नसक्ने भएका छन् । पहिले चोकहरुमा कर्तव्यका कुरा हुन्थे । अहिले जोरी खोज्नेहरु भेटिन्छन् । त्यसपछि भेटिने चाकरीबाजहरु हो । त्यस्ता नुन र गुनको सोझो गर्ने कर्मचारी पिए र झोलेहरुले नेतृत्वलाई आलोचना स्विकार्नभन्दा उत्तेजित हुन मलजल गरेका छन् ।
दुई दिन अघि निर्माण व्यावसायीले रातारात बजारमा कालो छरे । गाडीहरु बिहानै कालोपत्रे माथि कुँदे । समाजिक संजालमा चर्को बिरोध भयो । लाग्थ्यो त्यो ठेक्का ट्राफिकको हो । निर्माण व्यावसायीलाई असार सकिन थालेको पीर । नागरिकलाई सास्ती, मेयरलाई इज्जत र ट्राफिकलाई चोट । निर्माण व्यावसायीलाई अप्ठ्याराको के मतलब । स्थानीय जनप्रतिनिधी र ट्राफिकलाइ नसोधि अलकत्र छर्किए । समन्वय भन्ने कुरा पनि समाजमा मृत्यु नजिक छ । मनलाग्दी गर्न सवैलाई छुट छ । चोकचोकमा सडक अबरुद्ध भएका महिनादिन बढि भए । घरको पेटी भत्कियो ।
त्यतिकै पनि सुकेको व्यावसायमा धुलो लतपतिएको छ । एउटा चोकबाट निस्किएका सवारी साधन अर्को चोकबाट फर्किएको छ । उदिनढुङ्गा पुगेपछि फर्किदा त्यहि सडक थुनिएको हुन्छ । यो पनि सधै त हुँदैन की होइन र । बेला समय र उपयुक्त बिकल्प खोजौ न हजुर । निर्माण व्यावसायीले काम गर्न मन लागेको बेला मेयर सापको फोनले ट्राफिक कुन चोकबाट निस्कुस् बिचरा । सदरमुकाममा २० वटा चोक नौ ट्राफिक छन् । कुन चोकमा रसी टाँग्ने । कताकता सिट्टी फुक्ने । गाडी चेकिङ्ग, बाइपास, कार्यालय प्रशासन । उ पनि मान्छे होनी । खान पर्दैन । आराम हुँदैन । तर, अन्तितमा हाकिम, सरकार र स्थानीयको तगारो त्यहि बिचरो ट्राफिक परिरहेको छ ।
तम्घास बजार सधैको साँघुरो हो । ट्राफिक व्यावस्थापनको चुनौति पछिल्लो दशकदेखिकै हो । ट्राफिक व्यावस्थापनको लागि पार्किङ्ग दिन बाँडेर एकतर्फी बनाइएको छ । लोड र अनलोडको समय बिभाजन गरिएको छ । प्रहरीले सवारी पार्किङ्ग निषेध बोड बनाएको छ । त्यो बोर्ड एकदिन दाँया र अर्कोदिन बाँया राखिन्छ । तर, बजारका साहुजीहरु बिहान पसल अगाडीको बोर्ड सार्न ट्राफिक कुर्छन् । उनीहरुनै हो ट्राफिक व्यावस्थापनको बारेमा चोक, गल्ली र सभा तथा संजालमा कुर्लिने ।
अन्जानमा कहिलेकाँही गल्ती मैले पनि गर्छु । त्यो हरेक मान्छेले गर्छन् । तर, कर्तव्य जानेर बिर्सनुहुँदैन् । बिहान पसल अगाडीको धुलोमा पानी छर्किन ठेक्दारको ट्ंयाकर कुर्न पर्ने अवस्था बजारमा छ र । ट्राफिक प्रहरीको अहिलेको नेतृत्व उर्जावान छ । ट्राफिक प्रमुख कृष्णप्रसाद आर्चाय भन्छन्, म हुर्किएर पढेकाले गुल्मीसंगै तम्घासको माया बढि भएकाले दौडिरहेको छु । उनले म संगैको कैयौ संवादमा बजारबासीको प्रवृतिको बिषयमा दुखेसो पोखेका छन् ।
आचार्यले सधै भन्छन्, बजारको सडक मात्रै होइन मान्छेका मानसिकता पनि झन साँघुरो छन् । उनले बिहानमा पसल अगाडीको बोर्ड नसार्ने साहुजीहरुले सुन्दर शहरको कल्पना नगर्दा हुने बताए । कम श्रोत र साधनकाबिच ट्राफिकलाई मात्रै अप्ठ्यारोमा पारेर नहुने आचार्यको तर्क छ । उनले पार्किङ्गको बिकल्प नहुँदा सवारीधनीलाई मात्रै खेदेर नहुने र बजारको बैकल्पिक सडक नहुँदासम्म थुनेर मात्रै नसकिने बताए ।
देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थान सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले बढेर ८५ अर्ब एक करोड पुगेको छ।
त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड थियो।
गत मङ्सिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोडले घाटामा रहेको थियो।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव एक प्रतिशतले बढेर ३५ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड रहेको थियो।
त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । आइतबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको हो ।क्याम्पस प्रमुख नियुक्तिका लागि त्रिविले छनौट तथा सिफारिस समिति गठन गरेको थियो। समितिले गरेको सिफारिसको आधारमा नियुक्ति गरिएको त्रिविले जनाएको छ ।
त्रिविका प्रवक्ता एमनसिंह बोहोराका अनुसार शंकरदेव क्याम्पस काठमाडौंमा सहप्राध्यापक कपिल खनाल, नेपाल कमर्श क्याम्पसमा सहप्राध्यापक जितेन्द्रप्रसाद उपाध्याय, ललितकला क्याम्पसमा उपप्राध्यापक यामप्रसाद शर्मा, सानोठिमी क्याम्पसमा उपप्राध्यापक माधवप्रसाद श्रेष्ठ र विश्वभाषा क्याम्पस काठमाडौंमा उपप्राध्यापक महेन्द्रकुमार बुढाथोकी क्याम्पस प्रमुख नियुक्त भएका छन् ।
पाटन संयुक्त क्याम्पसमा सहप्राध्यापक रघुवीर विष्ट र रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंमा सहप्राध्यापक पदमकुमार अधिकारी क्याम्पस प्रमुख नियुक्त भएका छन् । भैरवहा क्याम्पसमा लक्कीप्रसाद जोशी, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा सहप्राध्यापक लालमणि आचार्य, सुर्खेत बहुमुखीमा सहप्राध्यापक माधवप्रसाद खनाल र बुटबल बहुमुखी क्याम्पसमा उपप्राध्यापक अरुणकुमार क्षेत्रीलाई क्याम्पस प्रमुख नियुक्त गरिएको त्रिविले जनाएको छ ।
रामस्वरुप रामसागर क्याम्पस जनकपुरमा प्राध्यापक बसन्तकुमार कर्ण, भोजपुर बहुमुखीमा सहप्राध्यापक पर्वतकुमार राई, पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापक हरिप्रसाद पाठक र सूर्यनारायण सत्यनारायण क्याम्पस सिरहामा सहप्राध्यापक राजेश्वरप्रसाद यादव क्याम्पस प्रमुख नियुक्त भएका छन् । देशभर त्रिविका ६४ वटा आंगिक क्याम्पस सञ्चालनमा छन् ।
कहाँ को नियुक्त ?
शंकरदेव क्याम्पस, पुतलीसडक –सह प्रा डा कपिल खनाल
नेपाल कमर्स क्याम्पस, मीनभवन –सहप्रा डा जितेन्द्र प्रसाद उपाध्याय
भैरहवा बहुमुखी क्याम्पस, भैरहवा– सहप्रा लक्ष्मी प्रसाद जोशी
ललितकता क्याम्पस, भोटाहिटी –उपप्रा डा.याम प्रसाद शर्मा
सानोठिमी क्याम्पस, भक्तपुर –उपप्रा डा.माधव कुमार श्रेष्ठ
महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज –सहप्रा डा लालमणि आचार्य
सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेत–सहप्रा माधव प्रसाद खनाल
विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग –उपप्रा. महेन्द्र कुमार बुढाथोकी
पाटन संयुक्त क्याम्पस, पाटनढोका –सहप्रा रघुविर बिष्ट
बुटवल बहुमुखी क्याम्पस, बुटवल – उपप्रा डा अरुण कुमार जोशी
रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, जनकपुर –प्रा.डा बसन्त कुमार कर्ण
भोजपुर क्याम्पस, भोजपुर –सहप्रा पर्वत कुमार राई
पृथ्वीनारायण क्याम्पस, पोखरा –प्रा.डा हरिप्रसाद पाठक
रन्तराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग – सहप्रा डा अरुण कुमार अधिकारी
सूर्यनारायण सत्यनाराण मोरवैता बहुमुखी क्याम्पस. सिरहा –सहप्रा राजेश्वर प्रसाद यादब
डोटी बहुमुखी क्याम्पस, डोटी सहप्रा दिलानन्द जोशी
त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा –उपप्राध्यापक टंकप्रसाद पन्थ
जुम्ला बहुमुखी क्याम्पस, जुम्ला– उपप्रा प्रकाशचन्द्र खत्री
वन बिज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस, पोखरा –सहप्रा डा नारायण प्रसाद गौतम
कृषि, पशुविज्ञान अध्ययन संस्थान, लम्जुङ क्याम्पस सुन्दरबजार –उप्रा रामकुमार श्रेष्ठ
पाक्लिहवा क्याम्पस, रुपन्देही –सहप्रा जन्मजय गैरे
मेची बहुमुखी क्याम्पस, भद्रपुर, झापा –सहप्रा देवी प्रसाद आचार्य
केन्द्रीय प्रविधि क्याम्पस, धरान –प्रा बसन्त कुमार राई
धवलागिरी बहुमुखी क्याम्पस, बाग्लुङ– सहप्रा सुदर्शन सिलवाल
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका १४ हजार तीन सय आठ जना विद्यार्थी दीक्षित भएका छन् ।
प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित ५०औँ दीक्षान्त समारोहमा विद्यावारिधि गर्ने र सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरे ।
त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट लिइएका विभिन्न तह एवं विषयका परीक्षामा सर्वप्रथम भएका विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृतसमेत गरिएको छ । यस वर्षको त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्णपदक व्यवस्थापन शंकायका हीरा श्रेष्ठलाई र श्री इन्द्रभक्त श्रेष्ठ स्वर्णपदक स्कुल अफ म्यानेजमेन्टका सुधा काफ्लेलाई प्रदान गरिएको छ ।
यसैगरी, अमृत पदक रसायनशास्त्र केन्द्रीय विभागका सुशील पोखरेललाई, मदन विद्या वातावरण विज्ञान पुरस्कार वातावरण विज्ञान केन्द्रीय विभागका रिकिता भण्डारीलाई, नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिं स्वर्णपदक र रामकृष्ण न्हुच्छे प्रधान पुरस्कार काठमाडौँ मोडल कलेजका रेविका भण्डारीलाई प्रदान गरिएको छ ।
नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा. मोहनप्रसाद लाखे स्वर्णपदक रत्नराज्यलक्ष्मी क्याम्पसका सुदीक्षा घिमिरेले पाएका छन् । शान्ति-नारायण मिश्र पदकबाट पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका सञ्जीवकुमार सिंह, डा. दुबसु क्षेत्री स्वर्ण पदकबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रतीकराज जोशी, इमिरेट्स प्रा. डा. रामप्रसाद चौधरी स्वर्ण पदकबाट वनस्पति शास्त्र केन्द्रीय विभागका श्रीणा क्षेत्री र नारायण शान्ति मिश्र पदकबाट पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका चेतना कुँवर बाछ पुरस्कृत भएका छन् ।
तारपद चौधरी पदक, खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार श्रीज्या काफ्लेले पाएका छन् । काफ्ले अर्थशास्त्र केन्द्रीय विभागको छात्रा छन् । शील्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार शिक्षाशास्त्र केन्द्रीय विभागका सीताकुमारी श्रेष्ठले प्राप्त गरेकी छन् ।
नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल कुमार शर्माले विद्यार्थी ऋषिराम कँडेललाई ल्याप्टप दिएका छ्न। उनले खुट्टाले लेखेर ३.३७ जिपिए ल्याएर एसइई उत्तिर्ण भएका विद्यार्थीलाई ल्यापटप उपहार स्वरुप दिएका हुन्।
सांसद डाक्टर शर्माले गुल्मिका सांसद मा.चन्द्र भण्डारी मार्फत उक्त ल्याप्टप प्रधान गरेका हुन्। सांसद भण्डारी समक्ष विद्यार्थी कँडेलले उच्च शिक्षा अध्ययनका लागि ल्यापटप चाहिएकाे भनेपछि सांसद भण्डारीले सांसद शर्मालाई आग्रह गर्नुभएकाे थियाे ।
गुल्मी जिल्लाको छत्रकोट गाउपालिका वडा–४ का लक्ष्मण कडेलका छोरा १९ वर्षीय “ऋषिराम कँडेलले श्रृंगा जनता मा वि गुल्मीमा अध्ययन गरि खुट्टाले नै लेखेर ३.३७ जिपिए ल्याई एसइई उत्तीर्ण भएका थिए।
ऋषिराम कँडेलले सोहि जिल्लाका प्रतिनिधि सभा सदस्य माननीय चन्द्र भण्डारीलाई उच्च शिक्षाका लागि ल्यापटप आवश्यक भएको कुरा जानकारी गराएपछि माननीय डा. सुनिल शर्मालाई ल्यापटपको लागि आग्रह गर्नु भयो र माननीय डा सुनिल शर्माले माननीय चन्द्र भण्डारीको आग्रह सहर्ष स्वीकार गरी ऋषिराम कंडेलको उच्च शिक्षामा सहयोग पुगोस भन्ने हेतुले ल्यापटप हस्तान्तरण गर्नु गरेका छन् ।
सांसद डाक्टर सुनिल कुमार शर्मा धेरै समय अगाडी देखि सामाजिक कार्यमा सक्रिय रुपमा लागिपरेका छन्। उनले धेरै असहाय जनताहरुको सेवा गर्दै आएका छन्।
बडिगाड गाउँपालिकाका ४४ प्रतिशत विद्यार्थी कक्षा १२ को परिक्षामा उत्तिर्ण भएका छन् ।
शुक्रवार सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ सहभागी जम्मा २ सय ८९ विद्यार्थी मध्ये १ सय २८ जना विद्यार्थी उत्तिर्ण भएका हुन् । पालिकाका ५ वटा विद्यालयबाट सहभागी विद्यार्थी मध्ये ४४ जना विद्यार्थीको नतिजा (नन ग्रेडेड/एनजी) आएको छ ।
गाउँपालिकामा सबैभन्दा बढी उच्चतम जिपिए भिमगिठे माध्यमिक विद्यालयकी विमला भण्डारीले ३.६६ जिपिए प्राप्त गरी पालिका प्रथम भएकी छन् भने सोही विद्यालयकै प्रतिक्षा आचार्य र त्रिभुवन माविकी समिक्षा पोखरेलले ३.६२ प्रतिशत सहित द्धितिय र भिमगिठे मा.वि कै सुशिला घर्तीले ३.५ प्रतिशत सहित पालिका तृतीय भएकी छन् ।
पुरक परिक्षा दिन पाउने दुई बिषयसम्म एनजी आएका विद्यार्थी १ सय ३४ जना छन् । कक्षा १२ को पुरक परीक्षा भदौ २५ गते र २६ गते हुने भएको छ । दुईभन्दा बढी बिषयमा एनजी ल्याएका विद्यार्थीलाई भने अर्को वर्ष मात्रै ग्रेडवृद्धिको परीक्षा दिन पाउनेछन् ।
एजेन्सी : भारतको महाराष्ट्रमा एउटा भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेको छ । महाराष्ट्रको वाशिम जिल्लास्थित सारसी गाउँ निवासी रामहरि नाम गरेका किसानकी पत्नीको असावधानीका कारण भैँसीले उक्त गहना निलेको हो ।
रामहरिकी पत्नीले नुहाउनु अघि मङ्गलसूत्र खोलेर भटमास र बदामको बोक्रा राखिएको एउटा प्लेटमा लुकाएकी थिइन् । नुहाइसकेपछि उनले आफ्नो मङ्गलसूत्र त्यहाँ राखिएको ध्यान नै दिइनन् ।
केही बेरमा उनले भटमास र बदामको बोक्रा भएको प्लेट भैँसीको अगाडि लगेर राखिदिइन् । पछिमात्र उनले आफ्नो गलामा मङगलसूत्र नरहेको थाहा पाइन् । त्यसपछि उनलाई नुहाउनु अघि आफूले मङ्गलसूत्र खोलेर राखेको सम्झना भयो तर, भटमास र बदामको बोक्रासहितको प्लेट त उनले अघि नै भैँसीको अगाडि राखिदिइसकेकी थिइन् । भैँसी बाँधेको ठाउँमा गएर हेर्दा प्लेट रित्तो थियो ।
त्यसपछि उनले आफ्नो पतिलाई यसबारे जानकारी गराइन् । रामहरिले यसबारे पशु चिकित्सकलाई फोनमार्फत जानकारी गराए । पशु चिकित्सकले भैँसी लिएर आउन उनलाई भने ।
सोही अनुसार भैँसी लिएर रामहरि पशु कार्यालय पुगे । पशु चिकित्सकले परीक्षण गर्दा भैँसीको पेटमा धातु रहेको पत्ता लाग्यो ।
अर्को दिन पशु चिकित्सकले शल्यक्रियामार्फत भैँसीको पेट चिरेर उक्त मङ्गलसूत्र निकाले । यस क्रममा भैँसीको पेटमा ६५ वटा टाँका लगाउनु परेको बताइएको छ ।
गुल्मी: यो फोटोमा देखिएको ढुंगा रानीले काटेको रे! सुन्दा अनौठो लाग्छ। तर, आँखालाई विश्वास मान्न गाह्रो छैन त। यो रानीले काटेको ढुंगा हो तर किम्वदन्तिमा।
उहिले जमानामा भुरेटाकुरे राजाको पालामा रानीले तरवार प्रहार गर्दा यो ढुंगा छिनाएकी थिइन् रे! किंवदन्तीका अनुसार कुन्नी के कुरामा हो रिस उठ्दा रानीले तरवार उठाउदा ढुंगा दुई टुक्रा भएछ।
यो अचम्मको ढुङ्गा गुल्मी रुरु क्षेत्र गाउँपालिकामा अवस्थित छ।
युट्युबमा ‘सेभेन्टिन अमाजिङ रक्स इन वल्ड’ टाइटलमा एउटा भिडियो अपलोड गरिएको छ। जुन भिडियो समावेश भएका १७ आश्चर्य पार्ने ढुंगा भन्दा यो ढुंगा कम्तिको छैन। विदेशीहरुले यसैलाई आफ्नो माटोको प्रचार गर्ने माध्यम बनाएका छन्। हाम्रा सम्बन्धित निकायले पनि यसतर्फ ध्यान दिए हुने थियो।

सामाजिक सञ्जाल टिकटकले बेलाबेला नसोचेका ठाउँलाई भाइरल बनाइदिन्छ। तनहुँको मानहुँकोट, दाङको नागबेली सडकपछि ललितपुरको एउटा मल पोखरी टिकटकमा चर्चित छ। ललितपुर महानगरपालिका-४ धोबिघाटस्थित मल पोखरीमा केही दिनदेखि टिकटक बनाउनेको भीड लाग्न थालेको छ।
तल पोखरी भए पनि माथि माटो र घाँस भएकाले त्यहाँ जान सकिन्छ। त्यही ठाउँमा युवायुवतीहरू उफ्रिएर, नाचेर, दौडिएर भिडिओ बनाउँछन्।
भिडिओ भाइरल भएपछि टाढा-टाढाबाट पनि मान्छेहरू पोखरी खोज्दै आउन थालेका छन्।
बिहीबार दिउँसो हामी पुग्दा पोखरीमा भिडिओ बनाउनेको भीड थियो। पोखरीबीचमै गाईवस्तु चरिरहेका थिए। एक महिला बीच पोखरीमै गएर घाँस काट्दै थिइन्।
जोखिमपूर्ण ठाउँमा भीड बढ्न थालेपछि अप्रिय घटना नहोस् भनेर अहिले प्रहरी खटाइएको छ। ठूलो पोखरीमा दुई जनामात्रै प्रहरी खटेकाले युवायुवतीले उनीहरूको आँखा छलेर भिडिओ बनाउने क्रम भने रोकिएको छैन।
जोखिमपूर्ण ठाउँमा दुर्घटना भएर ज्यान नै जान सक्ने भएकाले प्रहरी खटाइएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी) प्रज्वल महर्जनले जानकारी दिए।
‘भासिलो जग्गा छ। त्यहाँ गएर मानिसहरूले टिकटकमा भिडिओ बनाएको देख्यौं। त्यस्तो ठाउँमा जाँदा दुर्घटना हुन सक्छ भनेर वडासँग समन्वय गरेर प्रहरी पठाएका छौं,’ उनले भने।
प्रहरीले वडा कार्यालयलाई सो क्षेत्रमा नजानू भन्दै बोर्ड राखिदिन आग्रह गरेको छ।
साभार: सेतोपाटी