२०८२ असार २६ बिहीबार
२०८२ असार २६ बिहीबार

भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि…

 
 

एजेन्सी : भारतको महाराष्ट्रमा एउटा भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेको छ । महाराष्ट्रको वाशिम जिल्लास्थित सारसी गाउँ निवासी रामहरि नाम गरेका किसानकी पत्नीको असावधानीका कारण भैँसीले उक्त गहना निलेको हो ।

रामहरिकी पत्नीले नुहाउनु अघि मङ्गलसूत्र खोलेर भटमास र बदामको बोक्रा राखिएको एउटा प्लेटमा लुकाएकी थिइन् । नुहाइसकेपछि उनले आफ्नो मङ्गलसूत्र त्यहाँ राखिएको ध्यान नै दिइनन् ।

केही बेरमा उनले भटमास र बदामको बोक्रा भएको प्लेट भैँसीको अगाडि लगेर राखिदिइन् । पछिमात्र उनले आफ्नो गलामा मङगलसूत्र नरहेको थाहा पाइन् । त्यसपछि उनलाई नुहाउनु अघि आफूले मङ्गलसूत्र खोलेर राखेको सम्झना भयो तर, भटमास र बदामको बोक्रासहितको प्लेट त उनले अघि नै भैँसीको अगाडि राखिदिइसकेकी थिइन् । भैँसी बाँधेको ठाउँमा गएर हेर्दा प्लेट रित्तो थियो ।

त्यसपछि उनले आफ्नो पतिलाई यसबारे जानकारी गराइन् । रामहरिले यसबारे पशु चिकित्सकलाई फोनमार्फत जानकारी गराए । पशु चिकित्सकले भैँसी लिएर आउन उनलाई भने ।

सोही अनुसार भैँसी लिएर रामहरि पशु कार्यालय पुगे । पशु चिकित्सकले परीक्षण गर्दा भैँसीको पेटमा धातु रहेको पत्ता लाग्यो ।

अर्को दिन पशु चिकित्सकले शल्यक्रियामार्फत भैँसीको पेट चिरेर उक्त मङ्गलसूत्र निकाले । यस क्रममा भैँसीको पेटमा ६५ वटा टाँका लगाउनु परेको बताइएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।