२०८२ असार २६ बिहीबार
२०८२ असार २६ बिहीबार

उपाध्यायका डेढ सय बढी कीर्तिमान

काठमाडौं । विविध विधामा डेढ सय बढी रेकर्ड बनाएका डा. डीआर उपाध्यायलाई कीर्तिमान हस्तान्तरण गरिएको छ । यसअघि विभिन्न १३३ कीर्तिमान बनाइसकेका उपाध्यायलाई बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले थप २० कीर्तिमानी प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

कीर्तिमान प्रदान गर्ने विभिन्न संघ-संस्थाले दिएका २० कीर्तिमानी प्रमाणपत्र रक्षा मन्त्री उप्रेतीले उपाध्यायलाई हस्तान्तरण गरेका हुन् । योसँगै आफूले बनाएका कीर्तिमानको संख्या १५३ पुगेको उपाध्यायले बताए ।

कार्यक्रममा एभरेष्ट वर्ल्ड रेकर्डसका मधुरा श्रेष्ठले १५३ रेकर्डको मेडल पनि प्रदान गरेका थिए । कार्यक्रममा पत्रकार राज लुईंटेल र कलाकार शिवहरि वैरागीलाई ‘द विट्रिस रेकर्ड अन’ सर्टिफिकेट प्रदान गरिएको थियो ।

उपाध्यायले विश्वको सर्वाधिक उचाईमा लाइभ गीत प्रस्तुत गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमेत बनाएका छन् । उक्त रेकर्ड कायम गरेको प्रमाण पत्र यही महिना राष्ट्रपति रामचन्द्र पौडेलबाट हस्तान्तरण गरायएको थियो ।

उपाध्यायले एकैदिन सबैभन्दा बढी लेख लेखेर पनि आफूले गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेको बताए । सबैभन्दा धेरै भाषामा गीत लेखेर पनि गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेको उनको भनाइ छ ।

डा। उपाध्यायले गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित बुक अफ अमेरिका, एभरेष्ट वर्ल्ड रेकर्ड, स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जिनस वर्ल्ड रेकर्ड, अष्ट्रेलिया, लन्डन युकेलगायत विभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेको जानकारी दिए ।

डा। उपाध्यायका ३६ बढी गीति एल्बम, १६ उपन्यास, तीन गीति कविता र सय बढी गीतका भिडियो सार्वजनिक छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।