२०८२ असार २६ बिहीबार
२०८२ असार २६ बिहीबार

एकैपल्ट १० सन्तान जन्माएको भनिएकी दक्षिण अफ्रिकी महिला गर्भवतीसमेत थिइनन् !

दक्षिण अफ्रिकाकी एक महिलाले १० बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेको भनेर प्रचारित समाचार गलत पुष्टि भएको छ।

बीबीसीका अनुसार बीबीसीसमेतले एकैपल्ट १० बच्चा जन्माएको भनेर रिपोर्टिङ गरिएकी महिला गोसिआमे सिथोल गर्भवती समेत नभएको आधिकारिक अनुसन्धानबाट खुलेको छ।

अहिले ३७ वर्षीया ती महिलालाई अनुसन्धानको दायरामा आएको र मानसिक स्वास्थ ऐन अन्तर्गत नियन्त्रणमा लिइएको बीबीसीले जानकारी दिएको छ।

प्रेटोरियाको एक अस्पतालमा गोसिएम थमारा सिथोल नामकी महिलाले तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएको बताइएको थियो।

दक्षिण अफ्रिकी अनलाइन मिडिया इन्डिपेन्डेन्टको स्वामीत्वमा रहेको प्रीटोरिया न्युजले सबैभन्दा पहिले यो समाचार जुन ८ मा प्रकाशन गरेको थियो। जुन ७ मा स्टेब बुकु अकाडेमिक अस्पतालमा बच्चा जन्मिएको भनिएकोमा अस्पतालले समेत असत्य भनेको छ।

उक्त अस्पतालमा मात्रै होइन दक्षिण अफ्रिकी प्रान्त गाइटिङभरीका कुनै पनि अस्पतालमा एउटै आमाबाट १० बच्चा जन्मिएको पत्ता नलागेको बीबीसीले लेखेको छ। समाचार गलत भए पनि यसरी कुप्रचार गर्नुको कारण भने अहिलेसम्म खुलेको छैन ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।