२०८२ असार २६ बिहीबार
२०८२ असार २६ बिहीबार

३५ प्रेमिका बनाएर एकैसाथ डेट गर्ने युवाको यसरी खुल्यो पोल

जापानका ३९ बर्षीय ताकाशी मियागावाले एक पछि अर्को गर्दै ३५ जना प्रेमिका बनाए । तर न्यूयोर्क पोस्टमा प्रकाशित रिपोर्ट अनुसार, प्रहरीले यी जापानी युवालाई एकै साथ ३५ जना प्रेमिका बनाएर सम्बन्ध राखेको आरोपमा पक्राउ गरेको छ ।

खासमा यी युवालाई प्रेमिका बनाउने लत बसेको थियो । कारण उनलाई जन्मदिनको अवसरमा पहिलो प्रेमिकाले उपहार दिइन् । जसका कारण उनमा उपहार लिने इच्छा जाग्यो र लगातार प्रेमिका बनाउन थाले । उनी आफ्ना सबै प्रेमिकालाई फरक फरक मितिमा आफ्नो जन्मदिन रहेको बताउदै आएका थिए ।

मियागावाले जति नयाँ प्रेमिका बनाउदै गए पनि आफ्ना पुराना कुनै प्रेमिकालाई छाडेनन् । उनी सबैलाई डेट गर्दथे । जो केवल मंहगा उपहार लिनकालागि उनले बनाएका थिए । मियागावा एक मार्केटिंग कम्पनीमा पार्ट टाइम काम गर्दथे । उनी घर घर पुगेर सामान बेच्दथे । यहीँबाट यी सबै युवतीसंग उनको भेट भएको थियो ।

उनको कर्तुतको खुलासा तब मात्र भयो जब उनका ३५ प्रेमिका मध्ये एकलाई उनीमाथि शंका भयो र प्रहरीमा उजुरी गरिन् । प्रहरीले पक्राउ गरेपछि उनको सबै कुराहरुको खुलासा भयो । मियागावाले सबै युवतीलाई विवाहको वचन दिएका थिए । अहिले उनी जापानी रोमियोको नामबाट चर्चित त छन् तर जेलमा छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।