२०८२ असार २६ बिहीबार
२०८२ असार २६ बिहीबार

‘जुवाजन्य’ गतिविधि राेक्न प्रहरीले सहयोग गरेन, अब युवा परिचालन गछौँ : उपाध्यक्ष घर्ती

बागलुङको निसीखोला गाउँपालिकाभित्र पछिल्लो समय जुवाजन्य गतिविधिहरु बढ्दै गएका छन् । मेला महोत्सवमा होस् या चाडपर्वमा जुवाजन्य गतिविधि बढ्दै जाँदा पारिवारिक कलहदेखि सामाजिक बिकृति बढेको छ । कानुनले नै बर्जित गरेको जुवाजन्य गतिविधि रोक्न प्रशासनदेखि स्थानीय सरकार गम्भीर देखिदैन । यसै विषयमा निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरसँग न्यूज खरीले गरेको संक्षिप्त कुराकानी :

कानुनले नै बर्जित गरेको जुवाजन्य गतिविधि रोक्न पालिका किन उदासिन ?
जुवाजन्य गतिविधि संघीय कानुनले नै बर्जित गरेको छ । साथै त्यसलाई हामीले कार्यपालिकाबाट पनि निर्णय गरेका छौँ । खासमा निर्णय गर्नुपर्ने कुरा होइन । कानुनले जित्ने वा हार्ने भनेर जुवालाई व्याख्या गरेको छ । यसलाई रोक्न पर्छ भनेर वडाध्यक्षसहित हामी लाग्यौँ । तर कार्यान्वयन गर्ने कुरामा हामीलाई प्रहरी प्रशासनले सहयोग गरेन । पहिलेको तुलनामा कम भएको भएपनि अझै पूर्ण रुपमा हामीले रोक्न सकेका छैनौँ ।

कानुनमा अवैधानिक भएको ‘जुवाजन्य’ गतिविधि चलाउन पालिकादेखि उपल्लो तहका नेताहरुको संरक्षण छ भनेर आरोप छ नि ?
हाम्रो कार्यपालिकाभित्रका साथीहरुबीचको बुझाइमा पनि एकरुपता छैन । अर्को कुरा जुवाजन्य गतिविधि चल्नु भनेको लामै सेटिङ छ । यसमा प्रदेश स्तरका माननीयको भूमिका पनि देखिएको छ । उनीहरुले प्रहरी प्रशासनलाई दबाब दिने गरेको हामीले पाएका छौं ।

उपाध्यक्षको हैसियतमा जिल्ला प्रशासन र जिल्ला प्रहरीका कार्यालयमा कुरा गर्दा तपाईंहरुबीच एकमत छैन भन्ने कुराहरु आएका छन् । तर कानुनले नै बर्जित गरेको कुरा एकमत वा दुई मत भन्ने नै हुँदैन ।

सुरक्षाका अंगहरुले यस्तो कुरा गर्न मिल्दैन । तर, पछिल्लो समय प्रहरीसमेत मिलेमतोमा रहेको पाइएको छ । आयोजकसहितलाई भागबन्डाका निम्ति तीन लाख रुपैयाँसम्म रकम लिएको भन्ने कुराहरु चलिरहेको छ।

यस्ता जुवाजन्य गतिविधि नरोकिँदा थप चुनौतिहरु थपिएका छन्, अब पालिकाले कस्तो कदम चाल्छ ?
निसीखोला गाउँपालिका वा ढोरपाटन क्षेत्रमा चाही जुवाजन्य खेल खेल्दा लाखौं लाख रुपैयाँ गुमाउने गरेको छन् । श्रीमतीका गहना बेच्ने देखि दुःख गरेर कमाएको पैसा सक्काउने जस्ता गतिविधिहरु भएका छन् । न्यायिक समितिमा पनि यस्ता विषयमा उजुरी आउने गरेका छन् । यसमा कार्यपालिकाका साथीहरुबीच एकमत हुन आवश्यक छ । हामीले यसलाई रोक्नका लागि युवाहरु परिचालनको तयारी पनि गरेका छौँ ।

जुवाजन्य घटनाका विषयमा उजुरी छन् ?
हामीलाई लिखित रुपमा उजुरी पनि आउने गरेका छन् । हामीलाई प्रशासनले सहयोग नगर्दा हामी मुकदर्शक बन्न पुगेका छौँ । बेतिथिलाई रोक्न प्रहरी प्रशासनले कदम चाल्नुपर्ने हो तर त्यो भएन ।

यो बिचमा तपाईंलाई केही दबाब आएका छन् ?
जुवाजन्य गतिविधि रोक्ने व्यक्तिलाई ठिक पाछौँ भन्दै हिड्ने गरेको पनि सुनेको छु । ५० हजार १ लाख लिनुस् भन्दै मलाई अफर आउने गरेका छन् । यी यस्ता प्रलोभनले कुनै पनि असर गर्दैन । विभिन्न तहका नेताहरुबाट पनि दबाब आउने गरेको छ ।

यस्ता गतिविधि रोक्न कार्यपालिका एकमत किन नभएको ?
राजनीतिक र आर्थिक लेनदेनको कुराले बेतिथि रोक्न एकमत नभएको भन्ने छ । अब कार्यपालिकामा एकमत गराएर युवाहरु परिचालन गरेर भएपनि यो बेतिथि रोक्ने पक्षमा छौँ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।