२०८२ असार २६ बिहीबार
२०८२ असार २६ बिहीबार

आलेख संग्रह ‘कलमका डोबहरू’ लोकार्पण

काठमाडौं । संचारकर्मी समेत रहेकी गीतकार गीता अधिकारीको आलेख संग्रह ‘कलमका डोबहरू’ लोकार्पण गरिएको छ । आयोजित समारोहमा नेपाली फिल्म क्षेत्रका वरिष्ठ अभिनेत्रीद्वय चैत्यदेवी सिंह र भुवन चन्दले पुस्तक सार्वजनिक गरे ।

यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याएकी अधिकारीले जन्मदिनको अवसरमा पुस्तक ल्याएकी हुन् । लेखक अधिकारीले विविध समयमा प्रकाशित आलेखलाई संग्रहित गरेर पुस्तकाकार दिएको बताइन् ।

 

मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले लेखक अधिकारीले आफ्ना आलेखलाई दस्तावेजीकरण गरेको जानकारी दिए । पुस्तकमा सो समयका विभिन्न घटना र विषयलाई समेटिएको उनले जनाए ।

सञ्चारकर्मी रिना श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा मिलापको पुस अंकमा कभर स्टोरीमा रहेकी साहित्यकार राधा भण्डारीलाई कभर सम्मान अर्पण गरिएको थियो । अथितिलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

 

लेखक अधिकारी कला मनोरञ्जन विधाको पत्रकारितामा सक्रिय छिन् । उनका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोता/दर्शकमाझ आएका छन् । मिलाप पब्लिकेशन प्रालिले पाठकमाझ ल्याएको ४७७ पेजको यस कृतिको मूल्य ९९९ रुपैयाँ राखिएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।